सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देश बचाउन हिन्दू राजसंस्थाको माग

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
देश बचाउन हिन्दू राजसंस्थाको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च(नेदेप्रमञ्च)ले देश बचाउन संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्री चुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमा तत्कालिन राजासँग दलहरुले गरेको सहमति कार्यान्वयन नभए चुनाव फागुन २१ मा हुन नदिने चेतावनी दिएका छन् ।

मञ्चका अध्यक्ष दीननाथ घिमिरेले नेपालमा बारम्बार राजनीतिक परिवर्तन भएपनि देश एकपछि अर्को गर्दै झनझन परनिर्भरता तिर जानु दुःखद भएको बताए । आफूहरुको मञ्चले देशभक्तहरुलाई एक बनाएर संवैधानिक हिन्दू राजसंस्था सहितको पूर्ण प्रजातन्त्रका लागि अभियान चलाउने बताए । बदलिदो परिस्थिति अनुसार दल विशेष र देशभक्तहरुलाई निषेध हुने गरी ल्याइने कुनैपनि किसिमको व्यवस्था स्वीकार्य नहुने बताए । घिमिरेले जेन्जी विद्रोहसम्म आइपुग्दा देशमा विदेशीको नाङ्गो हस्तक्षेप झन बढेको बताउँदै भने,“देशको राष्ट्रिय एकता संविधानको परिपालक राष्ट्रिय भू–अखण्डतालाई सुनिश्चित गर्न हिन्दु राजसंस्था सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जरुरी देखियो ।”

मञ्चका महासचिव विनोद देव पन्तले देशलाई आत्मनिर्भर बनाउने सार्वजनिक उद्योग धन्दा र राष्ट्रिय सार्वभौमिकता बहुदलिय व्यवस्थामा झन लिलाम हुने क्रम बढेको दाबी गरे ।

नेकपा (माले)का पोलिटब्यूरो सदस्य विवेक वाईवाले जेन्जीको मर्मअनुसार वर्तमान सरकार नगएकोले देश थप संकटमा गएको बताएका छन् ।

नेपाली काँग्रेस(विपी)का महामन्त्री देवेन्द्र पौडेलले २०४७ सालको संविधान व्युँताएपछि देशको संकट हल हुने जिकिर गरे ।

समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले २०७२को संविधानको खारेजी र वैदिक सनातन धर्म स्थापनाका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

तेश्रो आँखाका अध्यक्ष शोभाराम थापाले २०४७ सालको संविधान व्युँताएर राजासहितको हिन्दु राष्ट्र आजको आवश्यकता रहेको धारणा राखे ।

नेपाल देशभक्त मोर्चाका महासचिव डा.राजु चित्रकारले मञ्चले अगाडि सारेको एजेण्डा उचित भएको बताउँदै भने,“वर्तमान संविधान जनहित विपरित भएकोले त्यसको विस्थापन गरेर गोलमेच सम्मेलनमार्फत नयाँ संविधान जारी गर्नुपर्छ ।”

नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी)की अध्यक्ष भावना विद्रोहीले २०७२ को संविधान खारेज गरी सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत सबै खाले देशभक्त एकठाउँमा आएर राष्ट्रिय सरकार बनाएर नयाँ संविधान बनाउनुपर्ने बताईन् ।

स्वतन्त्र नेपाली एकता समाजका संयोजक हेमसागर विद्रोहीले देश जोगाउन राजसंस्था अपरिहार्य भएको जिकिर गरे ।

देशभक्त प्रजातान्त्रिक मोर्चाकी केन्द्रीय प्रतिनिधी बन्दना कोइरालाले मञ्चको पहलकदमी सह्रानीय भएको बताउँदै, देशको समृद्धि र स्थायित्वका लागि निरन्तर अगाडि बढ्न शुभकामना दिइन् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक