चितवन । कालिका नगरपालिका-७ तल्लो बजार बस्ने ६९ वर्षीय चन्द्र प्रसाद पन्तको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको कुलोबाट विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसका साथै मकवानपुरकाे बकैया गाउँपालिका-९ शिखरपुर बस्ने सोम बहादुर घलानको छोरा ७ वर्षीय अविराज घलानको सोही ठाउँस्थित बङ्दा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


