बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनका क्रममा तोडफोड गर्ने २८ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् ।

फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये केही यसअघि विभिन्न अपराध संलग्न भएकोसमेत पाइएको छ । पक्राउ गरेकामध्ये सात जना व्यक्ति पहिले नै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेका व्यक्ति रहेका छन् ।

यसअघि ज्यान मार्ने कसुर, लागुऔषध तस्करी, अभद्र व्यवहार लगायतमा जेल सजाय भुक्तान गरेकाहरू पनि छन् ।

बैंकका एटीएम फोड्न खोज्ने, विभिन्न सरकारी कार्यालयमा आगजनीको नेतृत्व गर्ने, भिडलाई उक्साने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने, हतियार खोस्नेहरूलाई पक्राउ गर्ने क्रमलाई तीव्रता दिइने एसपी पुरीले बताए ।

पक्राउ परेकाहरूलाई अपराधिक उपद्रो मुद्दामा अनुसन्धान प्रकृया अघि बढाएको उनको भनाइ छ ।

भदौ २४ गतेको तोडफोडमा जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल, पूर्वाधारलगायतका दर्जन बढी कार्यालय जलेका थिए । प्रहरी चौकी तथा कार्यालयमा आगजनी गरिएको थियो ।

जिल्लाका ७ पालिकामध्ये माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा तोडफोड र आगजनी गरिएको थियो ।

जिल्लाका सरकारी कार्यालयहरुले क्षतिको विवरणसहित फोटो भिडियो पठाएर तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुको पहिचान र कारबाहीको लागि लेखी पठाएका छन् ।

निजी घर तोडफोड र आगजनी भएकाका घरधनीहरूले पनि उजुरी दिएका छन् । प्रहरीले तोडफोड र आगजनीमा संलग्न जोकोही भए पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउने एसपी पुरीले जनाए ।

पक्राउ परेकाहरूलाई छाड्न भनेर कसैले दबाब नदिन पनि उनले आग्रह गरे । ‘पक्राउ परेको मान्छे कुन कुन ठाउँमा गएको छ, उसको संलग्नता कस्तो छ, भूमिका के छ भन्ने बारेमा हेरेर, अनुसन्धान गरेर मात्रै प्रहरीले मुद्दा दर्ता गर्छ’, एसपी पुरीले भने, ‘केही अपराधिक काममा लागेका ब्यक्ति फरार छन् तिनलाई पनि पक्राउ गर्छौं ।’

चितवन प्रहरीले २४ गतेको घटनापछि २५ गते समुदायमा गएर तर्साउने, हातहतियार लिएर हिँड्ने, अराजकता फैलाउने ११ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई अभद्र व्यवहारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी पुरीले जानकारी दिए ।

जेनजी आन्दोलन पछि समाजमा आतंक फैलाउने, तर्साउने, मोटरसाइकलको स्वरुप परिवर्तन गरि ठूलो आवाज निकालेर हिँड्ने व्यक्ति तथा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

कात्तिक महिना लागेको पछि ६१ वटा मोटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल मोडिफाइ गर्ने ३ जना वर्कसप सञ्चालक पनि पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

४ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

हिरासतबाट भागेका थुनुवा पक्राउ

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाबाट सागर ढकालकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक