सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षणपत्र दर्ता

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा  ध्यानाकर्षणपत्र दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर। आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशनगर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।

आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन ।

पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणासहितका २५ केन्द्रीय सदस्यले आज पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नाका साथै २०८२ फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मङ्सिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षणपत्र दर्तापश्चात् प्रतिक्रिया दिँँदै केन्द्रीय सदस्य राणाले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्दै जनविश्वास जित्नेगरी अगाडि बढ्न मध्यमार्गी बाटोका लागि ध्यानाकर्षणपत्र दर्ता गराएको बताउनुभयो ।

“हामीले मध्यमार्गी बाटो अपनाएर अहिलेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हौँ, यो दबाब हैन, धारणा हो, हामीले पार्टीलाई एकबद्ध गराउन मध्यमार्गी बाटो खोजेका हौँ, मध्यमार्गी बाटो लिनुपर्छ र अधिकांश साथीहरूले जटिल अवस्था निम्त्याउनु हुँदैन भनेर धारणा राख्नुभएको छ, विशेष महाधिवेशन गर्दा जञ्जालमा फस्छौँ, मङ्सिर २९ अगावै १५औँ महाधिवेशनको सुरुआत गर्नुपर्ने धारणा राखेका छौँ,” उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य राणाले कांग्रेस केन्द्रीय समितिको मात्रै नभइ धेरै क्रियाशील सदस्य, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको समेत लगानी, मेहनत र अथक प्रयासले पार्टी जीवन्त रहेको धारणा राख्नुभयो ।

“अहिले पार्टीमा विशेष महाधिवेशन र नियमित महाधिवेशन गरेर दुई धार आएका छन्, यी दुई धारबाहेक पनि हामीसँग धेरै विकल्प छन, महाधिवेशनको बाटो तय गर्नुपर्छ, चुनावअघि हामीसँग धेरै समय छैन, घोषणापत्र र पार्टीको अवधारणा तय पनि गर्नुपर्छ, त्यसका लागि समयबद्ध रुपमा काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षणपत्रमा केन्द्रीय सदस्य राणासहित राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा डिला सङ्ग्रौला, नानु बाँस्तोला, धना खतिवडा, अब्दुल रज्जक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

११ घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक