काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने जनाएका छन् । उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने गर्नुपर्ने जनाए ।
एक नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जेनजी अभियन्ता ढुंगानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान राखेका हुन् ।
उनले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । ‘जो पनि जेनजी साथीहरू हुनुहुन्छ । तपाईहरूले सोझै निर्वाचन नभनिदिनुहोला,’ उनले भने ।
‘केही नगरी हामी निर्वाचनमा गयौं भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ,’ उनले भने ।
सर्वपक्षीय वार्ता गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।


