शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थानीय भाषाको पाठयपुस्तकलाई बैज्ञानिक बनाउन संशोधन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
स्थानीय भाषाको पाठयपुस्तकलाई बैज्ञानिक बनाउन संशोधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको पाठयक्रम र पाठयपुस्तकलाई सरल, सहज, व्यवहारिक र बैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ ।

शिक्षा विभागले विज्ञ समूह गठन गरेर यो प्रक्रिया अगाडि बढाएको हो । बिहीबार नेपाल भाषाको पाठयक्रम तथा पाठय पुस्तकमा संशोधन तथा परिमार्जन समितिका पदाधिकारी तथा विषय विज्ञसँगको वैठकमा उपप्रमुख सुनिता डंगालले, सिकाइ विधिलाई निर्देशित गर्ने पाठयपुस्तकलाई बालमैत्री बनाउँदै लैजानु पर्ने भएकोले पाठयक्रम तर्जुमा गर्दा तथा पाठयपुस्तक पुनर्लेखन गर्दा ध्यान दिनु पर्ने जनाउनुभयो ।

‘स्थानीय भाषाको पठनपाठन, पुस्तक पढाउने र परीक्षा लिने प्रक्रियाका लागि मात्र होइन । यसले पहिचान तथा रैथाने समुदायको मौलिकता र चिनारी स्थापित गर्छ । यो उद्देश्य पूरा गराउन सक्ने पाठयपुस्तक आवश्यक छ ।’ उहाँले शिक्षा विभागका अधिकृतहरुलाई भन्नुभयो, ‘यसको प्रभावकारी शिक्षणका लागि संस्थागत विद्यालयमा नेपाल भाषा अध्यापन गर्ने शिक्षक/शिक्षिकाहरुलाई प्राथमिकतामा राखेर यसपछिको क्षमता विकास कार्यक्रम आयोजना गर्नुहोला ।’

सामुदायिक विद्यालयका नेपाल भाषाका सहायक प्रशिक्षकहरुका लागि विभिन्न चरणमा तालिम दिइएकोले यस पटक संस्थागत विद्यालयका शिक्षक/शिक्षिकालाई प्राथमिकतामा राखेर तालिम दिनु पर्ने उहाँको धारणा थियो ।

 

काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम तर्जुमा गर्ने क्रममा कक्षा १ देखि कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यपुस्तक ‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ विषय पढाइरहेको छ । यससँगै तामाङ् भाषाको पाठ्य पुस्तक पनि कार्यान्वयनमा छ ।

यी विषयको परीक्षामा कक्षा ४ र ५ मा ७५ अङ्कको अभ्यासगत र २५ अङ्कको सैद्धान्तिक मूल्याङ्कन हुने गरेको छ । कक्षा ६, ७ र ८ मा भने ५० अङ्कको अभ्यासगत र ५० अङ्कको सैद्धान्तिक मूल्याङ्कन गर्ने गरिएको छ ।

स्थानीय पाठय पुस्तकका पाठहरुमा मौलिक नाम, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, मान्ने गरिएका मनाउने गरिएका जात्रा, चाडपर्व, संस्कार संस्कृतिलाई चित्र र संकेत राखिएको छ । काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेल जस्ता कुरा विषय राखिएको छ ।

यो पनि पढ्नुहोस्

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

१४ मिनेट अगाडि
मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक