आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
धान बिक्री नभई कुहिने अवस्थाले नेपाल किसान महासङ्घको गम्भीर ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ

वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।

गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशतअर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी, वर्षा, भू–क्षयलगायत विपद्का कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको छ । विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो । क्षतिले लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ ।

वर्षाले धान पाक्ने समयमा किसानले समयमै धान काट्न नपाएको र काटेको धान उठाउन नपाएका कारण सम्बन्धित किसानलाई ठूलो क्षति भएको हो । खेतमै काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पु¥याएको क्षतिका कारण धान उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ ।

मौसम विभागले सम्भावित वर्षाको जानकारी समयमै गराएकाले मन्त्रालयले पनि सोहीअनुसारको सूचना किसानलाई प्रसारण गरी मौसम पूरा सफा भएपछि मात्र धान काट्न सुझाव दिएकाले पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सूचना अधिकारी जोशीले जानकारी गराउनु भयाे । । मन्त्रालयले किसानलाई मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायतमा सहयोग उपलब्ध गराउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

दुई करोडभन्दा बढीको सुन्तला बिक्री

दुई करोडभन्दा बढीको सुन्तला बिक्री

३ दिन अगाडि
प्रत्येक बर्ष मलकै समस्या

प्रत्येक बर्ष मलकै समस्या

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक