मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा गतिशील पार्टीको चुले निम्तो !

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा गतिशील पार्टीको चुले निम्तो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालभित्रै बसेर देशको यो विषम परिस्थिति प्रत्यक्ष अनुभव गरिरहनु भएका र देश बाहिर बसेर राष्ट्रको अर्थतन्त्र धानिरहनु भएका आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट हार्दिक नमस्कार !

 

गतिशील लोकतान्त्रिक पार्टीले २०८२ कात्तिक २४ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।  अब हामी औपचारिक रूपमा तपाईंलाई सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सँगसँगै सहभागी हुन आह्वान गर्दछौँ ।

 

हामी सबै नेपालीका वीर पुर्खाको दु:ख र श्रद्धेय सहिदहरूको वलिदानले नागरिकलाई अधिकार सम्पन्न बनाई जिम्मेवारी सुम्पिएको यो सुन्दर देश नेपाल अहिले एउटा गम्भीर अक्करमा छ । अक्कल पुर्‍यायौँ भने हामी यो अक्कर पार गरेर शिखरतर्फको यात्रामा अघि बढ्न सक्छौँ । नत्र हेर्दाहेर्दै देश अकल्पनीय विग्रहतर्फ मोडिने खतरामा छ ।

 

यस्तो बेलामा, देशबाट के लिने भन्दा पनि देशलाई के दिने भन्ने दूरदर्शी र गहिरा सोच राखेर सचेत नागरिकहरू सङ्गठित हुनुको विकल्प छैन । हामीले पाएको यो सुन्दर नासो, भावी पुस्ताका लागि झन् सुन्दर बनाएर छोड्नुपर्ने जिम्मेवारी हामी सबैमा आएको छ । आउनुहोस्, हामी सबै मिलेर नेपालको सामाजिक-आर्थिक रूपान्तरणको एउटा महाअभियानको सुरुवात गरौँ । दिगो रोजगारी कसरी सिर्जना हुन्छ ? कहाँकहाँ हुन्छ ? र अनवरत रुपमा कसरी थपिदै जान्छ ? गम्भिरतापूर्वक सोचौँ । कोरा राजनीतिको मात्र कुरा नगरौँ । देशको मुहार फेरौँ । हजार माइलको यात्रा पहिलो पाइलाबाटै सुरु हुने हो । गरे सकिन्छ, गरेरै छोडौँ । देशलाई परेको बेलामा सकेको गर्नु हाम्रो बाध्यता र कर्तव्य दुवै हो ।

 

नयाँ पार्टी किन र कसको ?

आधुनिक समयमा, कैयौं कमजोरीका बाबजुद, लोकतन्त्र नै सबैभन्दा सभ्य र व्यावहारिक राज्य प्रणाली सावित भएको छ । लोकतन्त्रमा राजनीतिक पार्टीहरू अत्यन्त महत्वपूर्ण संस्था हुन् । यद्यपि हामीले गैरराजनीतिक तरिकाबाट पनि समाज र राष्ट्रलाई योगदान पुर्‍याउन सकिन्छ र पर्छ । नेपाली इतिहासको यो कालखण्डमा एउटा गतिलो राजनीतिक पार्टीको टड्कारो आवश्यकता महशुस गरेर हामीले गतिशील लोकतान्त्रिक पार्टी (छोटकरीमा गतिशील पार्टी) गठन गरेका छौं । आ-आफ्नो क्षेत्रबाट समाजमा योगदान पुर्‍याएका जिम्मेवार र स्वच्छ नागरिकहरूले जीवनको केही कालखण्ड सार्वजनिक नीतिनिर्माण र सेवामा समर्पित गर्दा समाज बस्न र गर्व गर्न लायक हुन्छ भन्ने गतिशील पार्टीको मान्यता छ ।

 

पार्टीहरूको भीडमा अर्को पार्टी थपेर नेपाली समाज, सरकारी, गैर सरकारी संस्था/संयन्त्र, पेशा, व्यवसाय, बजार, कला, साहित्य, संस्कृति, देश विदेश, यत्रतत्र सर्वत्र नेता कार्यकर्ताको थप बोझ सिर्जना गर्ने हाम्रो मनसाय छैन भन्ने हामी सुरुमै स्पष्ट पार्दछौँ । देश र समाजबाट लिन लालायित होइन दिन उत्साहित नागरिकहरू अघि सर्नुपर्छ । सबैले आ-आफ्नो पेशा-व्यवसायमा उत्कृष्ट काम गर्न, स्वार्थको द्वन्द्व कहीँ कतै नहुने गरी केही समय राजनीतिमा योगदान पुर्‍याउनुहुन र पुन: आफ्नो पेशा-व्यवसाय र परिवार, समुदायमा फर्केर समाजमा अझ उच्च योगदान पुर्‍याउनुहुन हामी सबै सचेत नागरिकलाई आह्वान गर्दछौँ ।

 

हामी विगत दुई वर्षदेखि नयाँ दल गठनबारे छलफल र प्रक्रियामा थियौँ । राष्ट्रियदेखि सामुदायिक स्तरसम्म घनिभूत छलफल र अध्ययन गरेर, देशका विभिन्न भागमा आफ्ना योजना र एजेण्डा प्रस्तुत र परिष्कृत गर्दै २०८४ को निर्वाचनमा भाग लिने गरी योजना बनाई सोही बमोजिम तयारी गरेका थियौँ । तन्नेरी पुस्ताको विद्रोह र निर्वाचन आयोगको समय पावन्दीका कारण हामीले सोचेभन्दा छिट्टै र फरक तरिकाले यो पार्टी दर्ता गर्नुपर्‍यो ।

 

तन्नेरी पुस्ताको विद्रोहबाट प्रकट भएका परिवर्तन, पारदर्शिता, जवाफदेहिता र दिगो रोजगारी जस्ता राष्ट्रिय आकाङ्क्षालाई गतिशील लोकतान्त्रिक पार्टीले गम्भीरतापूर्वक लिएको छ। यी वैध मुद्दाहरूको सुनुवाइ गर्दै र समस्त नागरिक आवाजको सही तथा रचनात्मक सम्बोधन मार्फत मात्रै देशलाई अकल्पनीय विपद्तर्फ जानबाट जोगाउन सकिन्छ । गतिशील पार्टी सबै नेपालीको साझा संस्था हुनैपर्छ र हुनेछ । यो महाअभियान सबै उमेर, पेशा, व्यवसाय, लिङ्ग, धर्म, भूगोल र वर्ग सबैको हुनेछ ।

 

हामीसँग सकारात्मक सामाजिक-आर्थिक रूपान्तरण सहित बस्न योग्य र गर्व गर्न लायक राज्य संचालन गर्ने ज्ञान, सीप, क्षमता र योजना छन् । हामी वर्तमान र भविष्य निर्माणका लागि सान्दर्भिक राजनीतिक दल हौँ । हाम्रो अपील आगामी निर्वाचनमा हामीलाई निर्वाचित गरेर सरकारमा पठाउनुस् भन्ने नै हो । तर यथेष्ट मतादेश नपाई अनेक तिगडम गरेर सरकारमा सहभागी हुने छैनौँ भन्ने कुरा हामी निर्धक्क प्रतिज्ञा गर्दछौँ । संघीय तथा प्रादेशिक तहका आम निर्वाचनमा कम्तीमा २०% मत वा सिट नल्याई सरकारमा सामेल नहुने हाम्रो नीति छ । रचनात्मक प्रतिपक्ष हुन पाउनु नागरिकका दु:खसुखसँग एकाकार हुन पाउनु हो । हामी नआत्तिई र नमात्तिई राजनीति गर्नेछौँ ।

 

गतिशील लोकतन्त्र र राजनीति

यो पनि पढ्नुहोस्

विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

१३ घण्टा अगाडि
देशको आसन, भाषण र शासनमा सुधार गर्ने

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

१९ घण्टा अगाडि

हामी लोकतन्त्रमा विश्वास गर्छौँ । यो देश हरेक नागरिकको हो, नागरिकले नै चलाउने हो र नागरिकले नै बनाउने हो । लोकतन्त्र ल्याउन पुराना दलहरू र विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान आहुति दिने शहिदप्रति कृतज्ञ छौँ । लोकतन्त्र ल्याउन विभिन्न कालखण्डका आन्दोलनहरूमा प्राण आहुति दिने सहिदहरूप्रति तथा पुराना दलहरूप्रति हामी कृतज्ञ छौँ । तर, ती पुराना पार्टीहरूले लोकतन्त्र ल्याउँदाका आदर्श र सपनाहरूलाई पार्टीतन्त्र हुँदै लुटतन्त्रमा परिणत गर्नुभयो।

 

लोकतन्त्र एकपटक “ल्याएर” मात्र पुग्दैन, हरेक समय र हरेक पुस्ताको लागि अर्थपूर्ण बनाइराख्न लोकतन्त्र गतिशील हुनैपर्छ भन्ने हाम्रो विश्वास छ । जीवन्त समाजमा नयाँ सम्भावना र समस्या आइरहन्छन्  र तिनलाई  सम्बोधन गर्न आफूलाई गतिलो ठान्ने कुनै पनि राजनीतिक पार्टीले आफ्नो संरचना, संस्कार, नेतृत्व र एजेण्डा गतिशील बनाउनैपर्छ । यी सबै हिसाबले सर्वोत्कृष्ट पार्टी हुन हामी भरमग्दुर कोसिस गर्छौँ । देशमा फरक विचार र एजेण्डा बोकेका अन्य गतिला पार्टीहरूसँग स्वच्छ, शान्त र शालीन सम्वाद-सहकार्य र प्रतिस्पर्धा गर्ने वातावरण बन्नैपर्छ ।

 

उद्देश्य, विधि र गतिशील मध्यमार्गी विचार

राजनीतिक पार्टी साधन हो । बडो सोचविचार र जिम्मेवारीका साथ नेपाललाई सम्वृद्ध, समतामूलक र स्वाभिमान राष्ट्र बनाउन हामीले हाम्रा साध्य तय गरेका छौँ । यसको लागि उपयुक्त विधि, सुशासन, उद्यमशीलता र समावेशिता हुन् भन्ने हाम्रो विश्वास छ । विश्व इतिहासको अध्ययन र नेपालका हाम्रै अनुभव र आवश्यकताको आधारमा हामीले हाम्रो विचारधारा तय गरेका छौँ । राजनीतिक रूपमा प्रगतिशील र उदारवादी विचारका उपयुक्त आदर्श र व्यावहारिक पक्षलाई सदुपयोग गर्ने गतिशील मध्यमार्गी विचार नेपालका लागि उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष छ । हामी शान्तिपूर्ण, सम्वादमूलक र समस्याको समाधानमुखी राजनीतिक संस्कृतिलाई बढावा दिन्छौँ । देशभित्र र बाहिर जहाँ रहेका भए पनि सबै नेपालीले स्वाभिमानका साथ शिर ठाडो पारेर जिउन सक्ने वातावरण बनाउनु हाम्रो अभिभारा हो । त्यसका लागि हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सबै विधाहरूमा प्रगति गर्नुपर्नेछ ।

 

 

आर्थिक नीति र सार्वजनिक सेवाहरू

गतिशील पार्टीले अँगाल्ने सहज आर्थिक नीति नियमन तथा उपयुक्त प्रोत्साहन प्रदान गरिएको प्रतिस्पर्धी बजार अर्थतन्त्रमा आधारित रहनेछ । यसले उद्यमी तथा आम उपभोक्ता दुवैका हितलाई ध्यान दिनेछ । सार्वजनिक सेवा प्रवाह गर्ने निजामती प्रशासन, न्याय सेवा दिने न्याय प्रशासन तथा जनतालाई सुरक्षा दिने सुरक्षा निकायहरूलाई सबल, सक्षम, छरितो र समावेशी बनाई उनीहरूबाट अपेक्षित सेवालाई गुणस्तरीय बढाउने लक्ष्य लिएका छौँ । शिक्षा, स्वास्थ्य जस्ता मानव संसाधन विकासमा अत्यावश्यक पर्ने क्षेत्रलाई गुणस्तरीय बनाउने कुरालाई प्राथमिकतामा राख्न त्यस सम्बन्धी विद्यमान संरचना र सोचमा रूपान्तरणको खाँचो छ । हाम्रो अहिलेको वित्तीय स्थितिलाई ख्याल गर्दा ती शीर्षकहरूमा चाहिने लगानी सुनिश्चितता गर्न उद्यमशीलता प्रवर्द्धन गर्नु महत्वपूर्ण हुन्छ ।

 

समता – समान अवसरमा पहुँच, सामाजिक सुरक्षा तथा न्यायलाई साथ

हाम्रो समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक लगायतका विविधता रहेका छन् । आर्थिक सामाजिक विभेद, विगतमा जारी गरिएका सरकारी नीतिका कारण समाजका केही वर्ग अझै पनि पीँधमा रहेका छन् ।  विशेष गरी तिनीहरूलाई सकारात्मक विभेदको माध्यमबाट माथि उठ्ने अवसर दिनुपर्छ भन्ने हाम्रो बुझाइ हो । कर्मचारीतन्त्रमा समाजको सबै समूहको प्रतिविम्ब देखिनु सबैको उपस्थितिको स्वीकारोक्ति हो ।  यो निरन्तर रहनुपर्छ र यसलाई मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्छ । राज्यले दिने शिक्षा जस्ता सेवाहरूमा सबैको समान पहुँच हुनुपर्छ । उमेर, अपाङ्गता भएको स्थिति, शारिरिक अशक्तता, अवसरको कमी जस्ता कारणले आफ्नो जीविकोपार्जनका लागि काम गर्न नसक्ने वर्गका लागि राज्यको स्रोत साधनले धान्न सक्ने स्तरको सामाजिक सुरक्षाको व्यवस्था गर्नु पनि आवश्यक हुन्छ ।

 

दिगो रोजगारीको सर्वकालीन मुद्दा

कुनै पनि राजनीतिक पार्टीले छोड्नै नहुने मुद्दा दिगो रोजगारीको सिर्जना हुनुपर्छ । गतिशील पार्टी यो मुद्दालाई नेपाली राजनीतिको केन्द्रविन्दुमा राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । हाम्रा हजुरबुबा हजूरआमादेखि जेन् जेड पुस्तासम्म मात्र नभएर, आउने अल्फा, बिटा र गामा पुस्तासम्मको लागि पनि दिगो रोजगारीका लागि उपयुक्त, सान्दर्भिक, गतिला र व्यावहारिक विषयहरू नल्याउने कोरा राजनीतिलाई हामी प्रश्न गरिरहनेछौँ । त्यसैले सुरुदेखि नै हामी “हरेक पुस्ताको जिम्मेवारी, नवयुवाको लागि दिगो रोजगारी” भन्ने मूलमन्त्र र यसको राजनीतिक महत्त्व हरेक नेपालीको मनमस्तिष्कमा पुर्‍याएरै छाड्नेछौँ ।

 

राजनीतिकर्मीले देश दुनियाँका बृहत्तर सवालबारे पक्कै छलफल गर्नुपर्छ । आफ्नो गाउँटोलमा एक दुई रोजगारी कसरी थप्न सकिन्छ भन्ने विषयमा ठोस योजना पनि हरेक छलफलको सुरुवात र अन्त्यमा गर्ने संस्कार बसायौँ भने राजनीति अझ अर्थपूर्ण हुन्छ । त्यसबाट जेन् जेड लगायत भावी नवयुवाको लागि हामीले सच्चा गुन लगाउन सक्छौँ । श्रम बजारमा वर्षको ४-५ लाख थपिने नवयुवाको लागि देशमै रोजगारी सिर्जना गर्न नसक्दा हामीले ठूलो सामाजिक मूल्य चुकाएका छौँ । देशको ज्युँदो जाग्दो जनशक्ति राष्ट्र निर्माणमा योगदान पुर्‍याउनबाट वञ्चित भएको छ । जीवनभर कोरा राजनीति बाहेक अरु केही नगर्ने र यो वा त्यो निहुँमा राज्यस्रोतमा मात्र आँखा लगाइरहने बाह्रमासे नेता-कार्यकर्ताको बोझ अब यो समाजले धान्न सक्दैन ।

 

कुनै पनि गतिलो सरकारले तुरुन्तै भ्रष्टाचार नियन्त्रण गर्न सक्छ, राज्य संयन्त्र र संस्थाहरूलाई समावेशी, सक्षम र निष्पक्ष बनाउन सक्छ । विशेष गरी कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा छिट्टै नै लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सक्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । हामीले शिक्षा, स्वास्थ, सामाजिक सुरक्षा र पूर्वाधार विकासमा राज्य, समुदाय र निजी क्षेत्र मिलेर कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने स्पष्ट खाका हामीले कोरेका छौँ । यी सबै क्षेत्रमा स्थानीय सरकारको अहम् भूमिकालाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै गृहकार्य गरेका छौँ । हरेक वडादेखि स्थानीय तह, प्रदेश सरकारले मासिक रोजगारी प्रतिवेदन सार्वजनिक गर्ने र त्यसका आधारमा संघीय र प्रादेशिक अनुदानको केही हिस्सा प्रदान गर्ने कानुनको लागि काम गर्नेछौँ । बलियो वडा नै बलियो स्थानीय तहको जग हो । बलियो स्थानीय तह नै प्रदेश र संघको आधार हो ।

 

सस्तो लोकप्रियताको विपक्षमा

देश गम्भीर अवस्थामा रहेको बेला सस्तो लोकरिझ्याइँको भाष्यले हामीलाई विकराल समस्यातर्फ लैजान सक्छ । त्यसैले हामी तात्कालिक लाभ हानि हेरेर होइन देशको दीर्घकालीन हितलाई ध्यानमा राखेर काम गर्नेछौँ । हामी संविधान, कार्यान्वयनको अनुभवको आधारमा आवश्यकता अनुसार परिमार्जन हुनुपर्छ भन्ने मान्छौँ । तर त्यस्तो परिमार्जन लोकतन्त्रको विकल्प खोज्न नभएर लोकतन्त्रलाई अझ फराकिलो, कामकाजी, अर्थपूर्ण र नागरिक केन्द्रित बनाउनको लागि गर्नुपर्छ । हामी नेपालको संविधान २०७२ का मूलभूत सिद्धान्तप्रति प्रतिबद्ध छौँ । धेरै ठूला सङ्घर्ष, जटिल राजनीतिक सवाल हल गर्नुपर्ने व्यावहारिक कारणले नेपालमा लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, संसदीय व्यवस्था, समावेशिता जस्ता प्रावधान संविधानमा राखिएका हुन् । यी प्रावधानप्रति हाम्रो प्रतिबद्धतालाई पुन: प्रकट गर्दै राज्यका संरचनालाई चुस्त दुरूस्त, प्रभावकारी , पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउने भन्ने विषयमा सधैँ प्रयत्नरत रहनेछौँ ।

 

गतिशील संरचना

हामीले पार्टीको सदस्यता, सक्रिय सदस्यता प्राप्तिको अधिकतम १६ वर्षपछि स्वत: खारेज हुने व्यवस्था गरेका छौँ । पदाधिकारीको मुख्य काम गतिलो राजनीतिक थीति बसाउने र नागरिकका मुद्दालाई पार्टी, सरकार र समाजमा स्थापित गर्ने परिपाटी बसाउने  रहनेछ । पार्टीका कुनै पनि पदाधिकारी आम निर्वाचनमा उम्मेद्वार बन्ने छैनन् । एक व्यक्ति दुई पटकभन्दा बढी उही पदमा बस्ने छैनन् । हरेक संघीय समिति सदस्यले कोरा राजनीति मात्र गर्ने परिपाटीलाई फेर्न कुनै नागरिक मुद्दाको जिम्मेवारी लिनै पर्ने र नागरिक सामु आवधिक प्रतिवेदन पेश गर्नै पर्ने संस्कृतिको सुरुवात गर्दैछौँ ।

 

पार्टीको आर्थिक गतिविधि

राजनीतिक पार्टी सार्वजनिक संस्था हुन् । त्यसैले हाम्रो आर्थिक पाटो पारदर्शी हुनेछ। राजनीतिक पार्टी संचालन सकेसम्म कम खर्चिलो बनाउन डिजिटल बैठक संस्कृतिको अत्यधिक प्रयोग, आमसभा र अनावश्यक तामझामको न्यूनीकरण गरिनेछ । पार्टीले वर्षभरि संचालन गर्ने कार्यक्रम र पार्टीका गतिविधि समेटेको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गर्नेछ । कुनै पनि चन्दादाताले वार्षिक बजेटको अधिकतम ५ प्रतिशत स्रोत खुलेको बैध रकमबाट मात्र चन्दा दिन सक्नेछन् ।

 

अन्तरक्रिया, योजना प्रस्तुति र परिमार्जन

पहिलो चरणमा हाम्रा यी मुद्दालाई देशका विभिन्न भागमा आगामी एक महिनाभित्र प्रस्तुत गरी संवाद मार्फत परिमार्जन र परिष्कृत गर्ने र नयाँ मुद्दाहरू समेत पहिचान गर्ने हाम्रो योजना छ । स्थानीय नागरिकहरूको पहलमा तपसिल बमोजिमका विषयमा निम्न स्थानमा विधागत रूपमा प्रस्तुति र अन्तरक्रिया आयोजना हुँदै छन् ।

 

कार्यक्रमहरू आयोजना गरिने मिति र समय क्रमश: जानकारी गराउनेछौँ । हामी सुरुदेखि नै आफ्ना कार्यक्रमहरू छरितो र मितव्ययी बनाउने परिपाटी बसाल्नेछौँ । कमभन्दा कम भौतिक उपस्थिति, तर धेरैभन्दा धेरै डिजिटल सहभागिता गराउने हाम्रो नीति अनुरूप, आ-आफ्नो काम नछोडी प्रमुख सामाजिक सञ्जालमा हुने प्रत्यक्ष प्रसारण वा उपलब्ध सामग्रीमार्फत हामीसँग अन्तरक्रिया गर्न विशेष अनुरोध गर्दछौँ।

 

१. उड्डयन, पर्यटन, आर्थिक रूपान्तरण र दिगो रोजगारी  – भैरहवा (भैसकेको)

२. कृषि र दिगो रोजगारी – काठमाडौं (२०८२ कार्तिक २६ गते)

३. संघीयता, कर्णालीमा उच्च मूल्यको पर्यटन र दिगो रोजगारी – सुर्खेत (कार्तिक २८)

४. स्वास्थ, सामाजिक सुरक्षा, उच्च मूल्यको पर्यटन र दिगो रोजगारी – धनगढी

५. उर्जा, कला, संस्कृति, प्रकृति र दिगो रोजगारी – पोखरा

६. माध्यमिक शिक्षा, सुचना प्रविधी र दिगो रोजगारी – मोरङ

७. वित्त, सेयर बजार, उर्जा र अन्तर्राष्ट्रिय सम्बन्ध र दिगो रोजगारी – काठमाडौँ

८. सुशासन, उद्यमशीलता, समता र दिगो रोजगारी र समग्र राजनीतिक खाका – सिन्धुली

९. समता र दिगो रोजगारी  – वीरगञ्ज

 

हाम्रो अभियानमा जोडिनुहोस्

हाम्रो आधिकारिक वेबसाइट www.gatisheel.party मा हामीले विधान, नियमावली, सदस्यता आवेदन फारम, विभिन्न क्षेत्रका विषयप्रति हाम्रा प्रस्तावहरू, अन्तरक्रियाका स्थान, मिति र अन्य दस्ताबेजहरू राखेका छौँ र थप्दै जानेछौँ । साधारण सदस्यता लिनेदेखि, वडा, स्थानीय तह, जिल्ला, प्रदेश, संघीय, प्रवास, वा विभिन्न विभाग वा विषयगत तदर्थ समितिमा बसेर वा अन्य कुनै तरिकाले देशलाई केही योगदान गर्न चाहनुहुन्छ भने सम्बन्धित समितिहरू गठन नभैन्जेलका लागि निम्नानुसार सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ ।

 

फोन: 9743968204, 9743968203

इमेल: [email protected]

 

सामाजिक सञ्जालबाट हामीसँग जोडिन तल दिइएका ठेगाना/ह्यान्डलहरूलाई लाईक वा सब्सक्राईब गर्नुहोला ।

https://www.facebook.com/gatisheelp

https://x.com/gatisheelnepal

https://www.tiktok.com/@gatisheel

https://www.instagram.com/gatisheel.nepal

 

हामी सबै नेपालीका आकांक्षा तथा सपनालाई व्यवहार र विपनामा उतार्न आर्थिक, प्राविधिक, मानव संशाधनका पक्षहरूमा सबल हुने अवस्था आउँदा पनि हामीमा भएका कतिपय असामाजिक, पुरातन, अवैज्ञानिक  संस्कारहरूलाई परिवर्तन नगरीकन सम्भव हुन्न ।  त्यसैले सामाजिक रूपमा गहन छलफल गरी सकरात्मक सामाजिक रूपान्तरणका मिहिन पक्षहरूमा हामीले काम गर्नु जरुरी छ । यसका साथै राजनीतिक, आर्थिक पक्षहरूमा सुधार गर्न साधारण र सचेत नागरिकका द‌ृढ प्रतिज्ञा र स्वच्छ योगदानले सम्भव हुन्छ । अन्तत: देश यसरी नै बदल्ने हो, देश बदलेरै छोडौँ । यो महाअभियान हामी सबै नेपालीको हो । आउनुहोस्, हामी मिली देश बनाऔँ ।

धन्यवाद !

 

डा. दिनेश प्रसाईं

अध्यक्ष

गतिशील लोकतान्त्रिक पार्टी

 

२०८२ कार्तिक २५ गते, सोमवार

नेपाल संवत ११४६, कछलागा सप्तमी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक