शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्रिपरिषद्‌मा मेरो सरकारमा अन्तिम दिन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
मन्त्रिपरिषद्‌मा मेरो सरकारमा अन्तिम दिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूले पद छाड्नुअघिको अन्तिम मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको दाबी गरेका छन् । तर, आफूले राखेको प्रस्ताव मन्त्रिपरिषद्ले ‘निर्णयमा स्वीकार’ नगरे पनि ‘कार्यान्वयनमा भने स्वीकार’ भएको जनाए ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने, “भदौ २३ गतेको मन्त्रिपरिषद्‌मा मेरो सरकारमा अन्तिम दिन थियो । मेरो राजीनामा हुँदै गर्दा एउटा प्रस्ताव स्वीकार होस् भनेर सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको थिएँ,” लेखकले भने, “त्यसलाई निर्णयमा स्वीकार गरिएन तर, कार्यान्वयनमा भने स्वीकार भएको छ ।”

बैठकमा उनले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिबारे पनि धारणा राखे । आफूले प्रदर्शनको सुरक्षा योजना बनाउँदा नै संयमित हुन र कुनै पनि मानवीय क्षति नहोस् भनेर स्पष्ट निर्देशन दिएको उनको दाबी छ ।

“घटना घटिसकेपछि हामी स्तब्ध भयौँ । त्यसपछि हामीले सुरक्षा समितिको बैठक गरेर संयम हुनुपर्ने परिस्थिति बनेको निष्कर्ष निकालेका थियौँ र थप क्याजुअल्टी नहोस् भनेर अधिकतम संयमता अपनाउने निर्णय गरेका थियौँ,” उनले भने ।

लेखकले जेनजी आन्दोलनमा ‘घुसपैठिया’ प्रवेश गरेको आरोप लगाउँदै उनीहरूले कांग्रेसविरुद्ध आक्रमण गरेको बताए । उनले विराटनगरको कोइराला निवास र बाँडेगाउँको किशुनजी आश्रममा भएका आक्रमणलाई भ्रष्टाचारविरोधी आन्दोलनमात्रै मान्न नसकिने तर्क गरे ।

लेखकले आन्दोलनका क्रममा धेरै जनाको हताहती भइसकेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको बताए ।

“धेरै जनाको हताहत भइसकेपछि त्यसको नैतिक जिम्मेवारी कसै न कसैले लिनुपर्ने भएकाले मैले लिएर राजीनामा दिएको हुँ,” उनले भने ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

१० घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

COVID-19 50 people recovered

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक