शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दबाब दिएर शपथ खुवाए : मुख्यमन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
दबाब  दिएर शपथ खुवाए : मुख्यमन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको जनाएका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी गराएका हुन् ।

विहीबार राति आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख उपचारका लागि काठमाडौं जान थालेको जानकारी पाएपछि आफूले जसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको मुख्यमन्त्री यादवले बताए । उनले भने, ‘मैले उहाँलाई दबाब दिएँ, दिएकै हो ।’

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता यादव कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । आफूलाई राति साढे १०–पौने ११ बजेतिर बोलाएर प्रदेश प्रमुख सुवेदीले नियुक्तिपत्र दिएको यादवले जानकारी दिए ।

त्यतिबेला सोनलको पक्षमा रहेका दलहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ मुख्यमन्त्री नियुक्त हुनुपर्ने माग गर्दै आएका थिए ।

तर आफूले नियुक्ति पत्र लिसकेको सूचना पाएपछि लोसपाका सांसद र कार्यकर्ताहरुले शपथ ग्रहणमा जान नदिने अभिव्यक्ति दिएको उनले बताए । त्यसपछि बाध्य भएर होटलमा गएर शपथ ग्रहण गरेको उनले बताए ।

मैले उहाँलाई दबाब दिएँ । दिएकै हो । यसमा म पछाडि हट्दिनँ, झुटो बोल्दिनँ,’  मुख्यमन्त्री यादवले भने, ‘… केयर टेकरमा मुख्यमन्त्री छ, नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो । तपाईंले मलाई शपथ नखुवाइकन मेरो पद एक्टिभ हुनेवाला छैन । त्यसो भएको कारणले गर्दा मधेश प्रदेश त झन् अन्यौलको वातावरण सिर्जना हुन्छ । तपाईं कहाँ हुनुहुन्छ, जहाँ हुनुहुन्छ, त्यहीँ शपथ ग्रहण गराइदिनुपर्यो भन्ने स्पिरिटबाट मैले बोलेकै हो ।’

उनले थपे, ‘तपाईंले त्यहाँ सक्नुहुन्न भने कुन उपयुक्त ठाउँ हुन्छ त्यहाँ मलाई शपथ खुवाइदिनुपर्यो भनेर मैले रिक्वेस्ट गर्दाखेरि म त निस्किसक्या छु, तपाई आउन सक्नुहुन्छ भने बर्दिबासतिरै आउनुस् भन्दा बर्दिबासमा गएर पानस होटलमा इमान्दारितापूर्वक त्यहीँ मैले प्राप्त गरेको नियुक्ति पत्र अनुसार नै मैले शपथ खाएको हुँ ।’

यो विवादमा सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । भने नियुक्तिमा असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

१० घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

COVID-19 50 people recovered

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक