कञ्चनपुर । बेदकोट नगरपालिका-६ मुसेपानी बस्ने ५० वर्षीय हिक्मत सिंह घटालको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


