काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले टोलीको बिदाइ गरे ।
नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ ।
यही दुई खेलका लागि हरि खड्का अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।
नेपालको टोलीमा किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ रहेका छन् ।