सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईजीपीमा दान बहादुर कार्की

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
आईजीपीमा दान बहादुर कार्की
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् ।

२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की आफ्नो ब्याचमा १ नम्बर वरीयातामा थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी सङ्गठनको नेतृत्व गर्नेछन् ।

आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी थिए । एआईजी सिद्धि बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए । तर, कार्की उनीहरू सबैको ‘कमान्डर’ बनेका छन् ।

प्रहरीमा दानबहादुर कार्की कडा स्वभावका ‘कमान्डर’ भनेर चिनिन्छन् । मातहतका प्रहरी कर्मचारी उनीसँग हच्किने गर्छन् । कमान्डमा ‘कठोर’ शैली पछ्याउने कार्की जेनजी प्रदर्शनको भोलिपल्ट आईजीपीको आदेशमा भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरी गएर कमान्ड समाल्न राजी भए । त्यहीँबाट उनले आईजीपीको यात्रा तय गरेका छन् ।
फौजमा कठोर स्वभावका आईजीपी गीतकार पनि हुन् । तर, गीत लेख्दा भने उनी भावुक बन्छन् । कार्कीले लेखेका गीतलाई रेकर्डिङ र म्युजिक भिडियो तयार गर्दा सँगै काम गरेका सरोज ओली भन्छन्, ‘गीतको भावुकतासँगै उहाँको आँखा रसाउँछ ।’
प्रहरीको औपचारिक र अनौपचारिक कार्यक्रममा आजभोलि लगातार गुन्जिने गीत हो, ‘हर गाउँ हर नगरी फुलको वासना सरी, नागरिकलाई मानी सर्वोपरि ।’ नागरिकका लागी आफ्ना रहर मारेर द्वन्द्व, बन्द र धुलो धुवाँ मा प्रहरी खट्ने गरेको छ भन्ने भावनाको सो गीत कार्कीले लेखेका हुन् । सो गीत राजेश पायल राई, मेलिना राई बेनिसा पौडेल र समिर खरेलले गाएका छन् ।

कार्कीले २०८१ मा दसैँ रमाइलो बोलको गीत ल्याएका थिए। आँखा झिमझिम भो र गुन्यु चोली पटुकी बोलको गीत यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

डीएसपी हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरको कमान्ड गरेका कार्की त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी गए । एसपी हुँदा उनले कास्की र कपिलवस्तुको कमान्ड गरेका थिए । एसपी भएपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौँका कमान्ड गरे । डीआईजीमा उनले लुम्बिनी प्रदेशको कमान्ड गरे ।

एआईजीमा बढुवा भएपछि उनले प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग र उपत्यका प्रहरी कार्यालयको कमान्ड गरे । यसरी उनले इन्स्पेक्टर पदबाट आईजीपी सम्मको यात्रा तय गरेका छन् ।

आईजीपी यात्रा

  • २०५४ चैत १८ : इन्स्पेक्टर
  • २०६६ मङ्सिर २६ : डीएसपी
  • २०७४ साउन १९ : एसपी
  • २०७९ साउन ३ : एसएसपी
  • २०८१ जेठ १३ : डीआईजी
  • २०८२ वैशाख ११ : एआईजी
  • २०८२ कार्तिक २४ : आईजीपी (कार्तिक २७ बाट लागु हुने)

नयाँ गीत ल्याउँदै

जेनजी प्रदर्शनमा उच्छृङखल समूहले आगजनी गर्न थालेपछि काठमाडौँ उपत्यकामा रहेका अधिकांश प्रहरी कार्यालय खरानीमा परिणत भए । आगजनीको दृश्य कार्कीले भदौ २४ मा सड्क र जहाजबाट पनि नियाले । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि चारवटै सुरक्षा निकायका प्रमुखसँगै कार्की पनि बालुवाटारबाट सेनाको हेलिकप्टरमा सेनाको मुख्यालय जङ्गी अड्डा जाँदै थिए ।

सिंहदरबारमा प्रदर्शनकारीले आगजनी गरेको प्रहरीको सञ्चारसेट ‘वाकीटकी’मा बजिरहेको थियो । सुरक्षा प्रमुखहरू सिंहदरबार क्षेत्रको दृश्य हेर्दै जङ्गी अड्डामा ओर्लिए । त्यसैदिन उनले कमान्ड गरेको रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयको भवन पनि खरानीमा परिणत भैसकेको थियो । त्यसभन्दा पछाडि दुई महिना उपत्यका कमान्ड गरेका कार्कीले नयाँ गीत लेखे, ‘आमा मत फर्केर आएँ, खरानीबाट उठेर आएँ ।’

खरानीको थुप्रोबाट उठेर सुरक्षाकर्मीहरू सेवामा फर्किएको भावको सो गीत कार्कीले केही दिनमा सार्वजनिक गर्ने तयारी गरेका छन् । राष्ट्र प्रेमले ओतप्रोत सो गीत केही दिनमा सार्वजनिक गर्नेगरी रेकर्डिङको काम भइरहेको सङ्गीतकार तथा गायक थानेश्वर गौतमले बताए । उनले भने, ‘नवनियुक्त आईजीपी कार्कीले लेखेको राष्ट्र प्रेमले ओतप्रोत गीत केही दिनमा सार्वजनिक हुँदै छ ।’

यो पनि पढ्नुहोस्

ट्राफिक चेकिङका क्रममा १२ जना स्कुल बसका चालक कारबाही

उपत्यकामा ट्राफिक सचेतनामूलक विविध कार्यक्रम

३ दिन अगाडि
सवारीसाधन हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न तालिम

सशस्त्रमा ६ डीआईजीको दरबन्दी रिक्त

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक