शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अमेरिकामा ४० दिनदेखि जारी संघीय सटडाउन अन्त्य हुने संकेत

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकामा ४० दिनदेखि जारी संघीय सटडाउन अन्त्य हुने संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  संयुक्त राज्य अमेरिकामा ४० दिनदेखि जारी संघीय सटडाउन अन्त्य हुने संकेत देखिएको छ।

सिनेटले सरकार पुनः सञ्चालन गर्नका लागि नयाँ सम्झौता गर्दै आइतबार राति हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित विधेयक अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।

नयाँ सम्झौता अनुसार  यो विधेयक संशोधन गरी सन् २०२६ जनवरीसम्मको अस्थायी खर्च व्यवस्था र तीनवटा पूर्ण वार्षिक बजेट विधेयकसँग संयोजन गरिनेछ। संशोधित प्याकेज सदनले पुनः पारित गरी राष्ट्रपतिको हस्ताक्षरका लागि पठाउनुपर्नेछ, जसका लागि केही दिन लाग्न सक्छ।

सिनेट सदस्यहरूले आइतबार राति सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) बाट पारित भएको विधेयकमा मतदान गर्ने अपेक्षा गरिएको   छ । सम्झौता सम्बन्धी वार्तामा संलग्न स्रोतका अनुसार, कम्तीमा आठ डेमोक्र्याट सिनेटरहरूले उक्त प्रस्तावमा समर्थन गर्ने सम्भावना छ जसले रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा विधेयक पारित गर्न पर्याप्त मत सुनिश्चित गर्नेछ।

सम्झौताअनुसार, रिपब्लिकनहरूले डिसेम्बरमा ‘अफोर्डेबल केयर एक्ट’ (ओबामाकेयर) अन्तर्गतका स्वास्थ्य बीमा सब्सिडी विस्तार गर्ने प्रस्तावमा मतदान गर्न सहमति जनाएका छन्। यी सब्सिडीहरू डेमोक्र्याटहरूको मुख्य प्राथमिकता रहेका छन्।

प्रस्तावले ट्रम्प प्रशासनले सटडाउनका क्रममा गरेका संघीय कर्मचारीहरूका सामूहिक बर्खास्तीहरू आंशिक रूपमा उल्ट्याउने र एक वर्षका लागि ‘सप्लिमेन्टल न्यूट्रिशन असिस्टेन्स प्रोग्राम’ का लाभहरूलाई निरन्तरता दिनेछ।

यो सम्झौता न्यू ह्याम्पसायरका दुई डेमोक्र्याट सिनेटर म्यागी हासन र जिन शिहिन तथा मेनका स्वतन्त्र सिनेटर एङ्गस किङले मिलेर तयार गरेको जनाइएको छ। तर सिनेटका शीर्ष डेमोक्र्याट नेता चक शुमरले भने यस विधेयकविरुद्ध मतदान गर्ने बताएका छन्।

रिपब्लिकन सिनेटर थोम टिलिसले भने, “बाहिरी तापक्रम घट्दै जाँदा र दबाब बढ्दै जाँदा देखिन्छ, अब कुरा मिल्ने दिशामा छ,” भन्दै सहमतिको सम्भावना देखिएको टिप्पणी गरे।

व्हाइट हाउसका आर्थिक सल्लाहकार केभिन हासेटले भने, ‘यदि सरकार अझ लामो समय बन्द रह्यो भने चौथो त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक हुन सक्छ ।’

सटडाउनका कारण  हजारौं संघीय कर्मचारी बेरोजगार बनेका छन्, खाद्य सहायता ढिलो भएको छ र हवाई यातायात अव्यवस्थित बनेको छ ।

ट्रम्पको स्वास्थ्य नीति प्रस्तावले विवाद बढायो

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पुनः स्वास्थ्य बीमा सब्सिडी हटाएर ती रकम प्रत्यक्ष रूपमा जनतामा वितरण गर्ने प्रस्ताव अघि सारेका छन्।

ओबामाकेयर अन्तर्गत सन् २०२१ देखि लागू सब्सिडीले स्वास्थ्य बीमा योजना प्रयोगकर्ताको संख्या २४ मिलियनमा दोब्बर पुर्‍याएको छ। तर ट्रम्पले यी सब्सिडीलाई ‘बीमा कम्पनीहरूको लाभ र अमेरिकी जनताको लागि विपत्ति’ भन्दै आलोचना गरेका छन्।

ट्रम्पका सहयोगी तथा ट्रेजरी सचिव स्कट बेसन्ट र सिनेटर लिण्डसे ग्राहमले  यो प्रस्ताव सरकार पुनः खुलेपछि मात्र छलफलमा आउने बताए ।

यसैबीच, स्वास्थ्य विज्ञहरूका अनुसार सन् २०२६ का लागि ओबामाकेयर योजना लिन चाहने अमेरिकीहरूका लागि औसत मासिक प्रिमियम दोब्बर हुने अनुमान गरिएको छ, किनभने महामारीकालीन सब्सिडीहरू यस वर्षको अन्त्यमा समाप्त हुँदैछन्।

गत शुक्रबार रिपब्लिकनहरूले सिनेटमा डेमोक्र्याट नेता चक शुमरको प्रस्ताव अस्वीकार गरेका थिए । जसले सटडाउन अन्त्यको सर्तमा एक वर्षका लागि कर क्रेडिट विस्तार गर्ने माग गरेको थियो।

डेमोक्र्याट सिनेटर एडम शिफले भने ट्रम्पको प्रस्ताव ओबामाकेयर नष्ट गर्ने र बीमा कम्पनीहरूलाई पूर्व-रोग भएका व्यक्तिहरूको बीमा अस्वीकार गर्ने शक्ति दिने उद्देश्यले आएको आरोप लगाए।

‘ट्रम्प जुन कम्पनीहरूलाई दोष दिइरहेका छन्, त्यही कम्पनीहरूलाई अझ शक्ति दिन खोज्दैछन् जसले मानिसहरूका बीमा नीति रद्द गर्न सक्छन्,’ शिफले भने।

यो पनि पढ्नुहोस्

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

बङ्गलादेशमा डेंगुबाट अहिलेसम्म ४०१ जनाको ज्यान गयाे

१ दिन अगाडि
अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक