आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्यो नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) सुरु गरेको छ।  नगरपालिकाले सुरु गरेको सम्भवत: यो नेपालकै पहिलो इनोभेशन सेन्टर हो।

जेनेस सलुशनसंगको  सहकार्यमा सेन्टरमा शुक्रबार  स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच)  आयोजना गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे। उनले भने, “आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि।” ढकालले स्थानीय युवाको सीप विकासमा प्राथमिकता दिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा प्रस्तुति दिँदै जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत  अञ्जनी फुयाँलले डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिने र नेपाल आफ्नै शर्तमा विश्वसँग जोडिन सक्ने बताए। फुयाँलले जेनेस सलुशनले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा स्थापना गरेको जेनेस टेक्नोलोजी एण्ड एक्सलेन्स सेन्टर (G-TEC) अन्तर्गत पहिलो चरणको सफलता पछि दोस्रो ब्याच सुरु गरिएको पनि जानकारी दिए। उनले अहिले नगरपालिका आफैले इनोभेशन सेन्टर स्थापना गरेको र आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।  “यो केन्द्रले समुदायका सदस्यहरू—विशेष गरी स्थानीय युवाहरूलाई-उद्योगसँग मेल खाने सीप प्रदान गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै र दिगो रोजगारीतर्फको बाटो खोल्दै सशक्त बनाउने काम गर्दै आएको छ। हामीले सुरु गरेको यो दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन, यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान पनि हो,” उनले भने।

यूके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (AWS) का एम्बासडर समेत रहिसकेका फुयाँलले केन्द्रमार्फत युवाहरूलाई एडब्लुएस, माइक्रोसफ्ट एजर र गुगल क्लाउडका अन्तरराष्ट्रिय प्रमाणपत्र कोर्सहरूसँग जोड्ने तथा तालीम प्राप्त युवाहरूको  प्रत्यक्ष रूपमा आईटी रोजगारी बजारसँग पहुँच पुराउन मदत गर्ने योजना रहेको बताए। उनले थपे, “प्रविधि भनेको औजार मात्रै होइन, यो मानिसहरूको बारेमा हो। त्यसैले हामी सबैले युवाहरूलाई नवप्रवर्तन गर्न सक्ने, अरूलाई उत्प्रेरित गर्न सक्ने र नेतृत्व लिन सक्ने अवसर सिर्जना गर्न हातेमालो गर्नुपर्छ।”

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइ टी हब बनाउने उद्देश्य लिएर इनोभेशन सेन्टर सुरु गरिएको बताए।

उनले एसईई पास गरे पछि विद्यार्थीहरुले  पढ्दै कमाउँदै गर्न सकुन भनेर कक्षा ९ देखि नै आइटी विषय पढाउन सुरु गरिएको बताए।  उनले नगरपालिकाको सहयोगमा  कान्तिपुर एकेडेमीमा २४ जना विद्यार्थीहरुले आइटी इन्जीनियरिंग पढीरहेको पनि बताए ।  “पढेर  मात्रै नहुने रैछ।  सीप ठूलो कुरा रहेछ।  हामी अन्जनी फुयाँल जस्ता धेरै नेपाली युवा विश्वको आइटी एरेनामा पुगेको हेर्न चाहन्छौं।  त्यो सम्भावना , तर हुटहुटी चाहिन्छ,” मेयर अर्यालले भने।  उनले नगरपालिका जेन जी पुस्ता को लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताए।  उनले आइटी   तालिम लिएका युवाहरुले राम्रो रोजगार पाएका र केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए।

त्यसैगरी, नगरपालिकाको वडा नं. ६ का अध्यक्ष प्रकाश फुयालले धेरै युवा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य भएको उल्लेख गर्दै समुदायमै बसेर सीप सिक्ने र रोजगारी पाउने अवसर सिर्जना गरिदिएकोमा जेनेस सलुशनलाई धन्यवाद दिए। उनले नगरपालिकाको तर्फबाट यस अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।

जेनेस सलुशनका अफिसहरू नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआइ) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१२ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक