शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कांग्रेसको महाधिवेशन बैशाख ६ मा गरौं : केन्द्रीय सदस्य किरणराज पौडेल

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
कांग्रेसको महाधिवेशन बैशाख ६ मा गरौं : केन्द्रीय सदस्य किरणराज पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पार्टीको १५ औं महाधिवेशन बैशाख ६ गते गर्न प्रस्ताव गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्दै पौडेलले व्यक्तिगत कार्यतालिका नै प्रस्तुत गरे । उनले भने ‘मंसीर १ गते देखि पुष १५ गते सम्म क्रियाशिल सदस्यहरु वितरण । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरुको नामावली तयार गर्ने, पौष १५ गते देखि फागुन २१ गते सम्म प्रतिनिधिसभाको चुनावमा जुट्ने र चैत्र महिना भरि वार्ड तह देखि प्रदेश तहका सबै अधिवेशनहरु सम्पन्न गर्ने उल्लेख गरेका छन् । यसैगरी  नेपाल विद्यार्थी संघको स्थापना दिवस बैशाख ६ गते पारेर २०८३ सालमा कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन गर्नु पर्नेमा जोड दिए ।
केन्द्रीय कार्यसमितिको बैठकमा अलि आक्रामकरुपमा प्रस्तुत भएका पौडेलले नेपाली कांग्रेसको सक्रिय सहभागिता विना आम निर्वाचन नहुने भएकाले पहिला निर्वाचनमा ध्यान केन्द्रीत हुन आग्रह गरे । उनले भने ‘अहिले हामी अल्मलिएकाले चुनावी वातावरण बनेको छैन, फागुन २१ मा जसरी पनि चुनाव गराएर संविधानलाई सही ट्रयाकमा ल्याउनुपर्छ । त्यसपछि हामी पार्टीको महाधिवेशन गरौं ।’
केन्द्रीय समितिमा महामन्त्रीप्रति आक्रामक अभिव्यक्ति दिएका पौडेलले भने ‘राष्ट्रिय राजनीतिको मुलधारबाट कांग्रेस ओझेलमा पुगेको महसुस भएको छ । कांग्रेस बिना फागुन २१ को निर्वाचन संभव छैन, निर्वाचन भएर संसदले पूर्णता नपाईकन संविधान बच्दैन । हामीले जनता सामु गरेका कबूल पुनःस्मरण गरौ । बिकासका तथ्यांकहरु र गिर्दै गईरहेकों देशको आर्थिक अवस्था उद्योगी, व्यापारीको मनोबल गिरेर पूजीं पलायन भईरहेको विषयलाई गम्भिर भएर सोचियोस ।’
जेन जी पुस्ताको आन्दोलन पार्टीका विरुद्ध नभएको बताउँदै पार्टीका तर्फÞबाट पटक पटक सत्तामा गएर गÞलत गरेकाको विरुद्धमा रहेको प्रष्ट पारे । केन्द्रीय सदस्य पौडेलले नेपाली कांग्रेस पार्टीबाट हाल सम्म लाभको पदमा पुगेका सबैले आ–आफ्नो आर्थिक विवरण पार्टीमा अनिवार्य बुझाउन, पार्टीका हाल जिम्बेवारीमा रहेका नेताहरूको अस्वाभाविक खर्चको श्रोतको छानविन गर्न माग पनि गरे ।

केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले बैठकमा प्रस्तुत गरेको धारणा

कार्यवाहक सभापतिज्यू,पदाधिकारीज्यूहरु,
केन्द्रीय सदस्यज्यूहरू, आमन्त्रित केन्द्रीय सदस्यज्यूहरू,प्रदेश सभापतिज्यूहरू, मुख्यसचिव लगायत कार्यालयका साथीहरु, आदरणीय सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजू देउबा माथी भाद्र २४ गते ज्यान मार्ने गरी भएको सांघातिक आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै शिघ्र स्वास्यलाभको कामना गर्दछु । जेन जी पुस्ताको आन्दोलनका मृतक प्रति हार्दिक श्रद्धाञ्जली र  घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गर्दछु । उनिहरुलाई उचित क्षतिपूर्ति र राहतको माग गर्दछु ।
राजनैतिक नेताहरूको घर, सिहदरबार, अदालतहरू, नेपाली कांग्रेसका पार्टी कार्यालयहरू ध्वस्त पारिएको छ । आगलागीबाट घरबारबिहीन हुनु भएका सबैमा सहानुभूति व्यक्त गर्दछु ।
सन्त नेता कृष्ण प्रसाद भट्टराई आश्रम, कोइराला निवास, गणेशमान निवास, निधि निवास, बीपीको शालिक जस्ता धरोहर माथी आक्रमणको घोर निन्दा एबं भत्र्सना गर्दछु । भाद्र २३–२४ को कारबाही, लुटपाट, आगजनीमा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन र पार्टीका सदस्यहरू सम्लग्न भए क्रियाशिल सदस्यता रद्द गर्न पार्टीको तर्फÞबाट छानविन समिति गठन गर्न माग गर्दछु ।

जेनजी पुस्ताले उठाएका भ्रष्टाचार, कुशासन र डिजीटल प्लेटफर्म वन्दको विरोधमा उठाएका मागको सम्वोधन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु । नेपाली कांग्र्रेसको तर्फबाट शासन गर्न सरकारमा जानु भएका नेताहरूले कार्यसम्पादन गर्ने क्रममा भएको कमजोरीको कारणले पार्टीको नाम समेत जोडिनुमा दुःख लागेको छ ।
यो जेन जी पुस्ताको आन्दोलन पार्टीका विरुद्ध होईन, पार्टीका तर्फÞबाट पटक पटक सत्तामा गएर गÞलत गरेकाको विरुद्धमा थियो । भ्रष्टाचार र कुशासनमा मुछिएका सत्तामा पुगेर पनि सकारात्मक उपलब्धि दिन नसकेको परिणाम थियो । जिम्बेवार पदमा बसेर काम नगरेका ती सबैले आत्माआलोचना गरी रहनु भएको पनि छ ।
नेपाली कांग्रेस पार्टी बाट हाल सम्म लाभको पदमा पुगेका सबैले आ–आफ्नो आर्थिक विवरण पार्टीमा अनिवार्य बुझाउन, पार्टीका हाल जिम्बेवारीमा रहेका नेताहरूको अस्वाभाविक खर्चको श्रोतको छानविन गर्न माग गर्दछु । जेनजी पुस्ताको आन्दोलनलाई थप उर्वर भूमि बन्न नदिन पार्टी नेताहरू सचेत बनिदिन आग्रह गर्दछु ।
राष्ट्रीय सवालमा ः

कांग्रेसको यो बैठकले पार्टीको आन्तरिक विषय संग संगे देशका जल्दाबल्दा समस्याहरूलाई पनि सम्बोधन गर्न सकोस । राष्ट्रिय राजनीतिको मुलधारबाट कांग्रेस ओझेलमा पुगेको महसुस भएको छ । कांग्रेस बिना फागुन २१ को निर्वाचन संभव छैन, निर्वाचन भएर संसदले पूर्णता नपाईकन संविधान बच्दैन । हामीले जनता सामु गरेका कबूल पुनःस्मरण गरौ । बिकासका तथ्यांकहरु र गिर्दै गईरहेकों देशको आर्थिक अवस्था उद्योगी, व्यापारीको मनोबल गिरेर पूजीं पलायन भईरहेको विषयलाई गम्भिर भएर सोचियोस ।

नेपाल र असंलग्न परराष्ट्र नीति ः
नेपालले सदैव असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आई रहेकों छ । यो नीति नेपालको पहिचान, स्वतन्त्रता र तटस्थताको आधार हो । यस नीतिबाट नेपालले साना राष्ट्र पनि विश्व राजनीतिको मुख्य धारमा शान्तिपूर्ण र सम्मानजनक रूपमा टिक्न सक्छ भन्ने प्रमाणित गरेको छ । यो नीतिको निरन्तरता नै नेपाल र नेपालीको हितमा रहेको छ। नेपाल सरकारले कहिलेकाँही परिस्थितिको सही आंकलन गर्न नसकेर अंतर्राष्ट्रीय राजनीतिको प्रभाबले हामीलाई पनी छोएको छ । दुई ठुला छिमेकी भारत र चीनको जनसांख्यिक लाभ नेपालले लिन सक्नु पर्दछ ।
जीएसआईमा नेपालको संलग्नताको विषयले केही सवाल उठाएको छ । इन्डो प्यासेफिक क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय रणनीतिक समूहको गठबन्धन (क्वाड) र छिमेकी देश चीनले तयार गरेको ‘ग्लोबल सेक्युरिटिज इनिसिएटिभ’ बारे नेपाल जानकार हुनै पर्छ र कूटनीतिक ढंगले संबाद गर्न सक्नु पर्दछ । हामीले छिमेकी मित्र राष्ट्रहरू भारत र चीनका साथै शक्तिसम्पन्न दाता राष्ट्रहरू संग प्यारको सम्बन्ध राख्न सक्नु पर्दछ ।

जेन जीपुस्ताको आन्दोलन ः

आफ्नो एकाघरको मुली माथि विपक्षीले ज्यान मार्न आउँदा, सांघातिक आक्रमण गर्दा बचाऊँन साथ पो दिईन्छ, आक्रमणमा परी घाइते भएको बेला उपचार गराईन्छ, सहानुभूति दिइंन्छ । एकाघर परिवारका सदस्यहरू मरणासन्न अवस्थामा अस्पतालमा उपचार गराई रहेको बेला तथानाम गाली गर्न हाम्रो संस्कारले दिँदैन, तर आज पार्टीनेता र परिवारका नजीक बसेका मित्रहरू बाट त्यही भयो ।

भाद्र २३÷२४ को घटना पछि भाद्र २८ गते बसेको पहिलो कार्यसम्पादन समितीको बैठकले आफ्नै सभापति माथिको साङ्घातिक आक्रमणको निन्दा र भत्र्सनाको त कुरै छैंन, स्वास्थ्यलाभ सम्म भनेको छैन । यो भावी पुस्ताको लागि दस्तावेज हो । यो सच्चाइयोस –२०१७ साल पुष १ गतेको, २०५८ असोज १८ गतेको लोकतन्त्र माथी भएको प्रहारको बिरुद्धको घटनाको बारे अहिले हामीले खोज्दा त्यो बेलाको दस्ताबेज हेरेर थाहा पाउने हो । भोलि भावी पुस्ताले सभापति माथी भएको बर्बर आक्रमण पछि कांग्रेसले के भनेको रहेछ भनेर हेर्ने बेला हामीलाई ती पुस्ताले के भन्छन् ?
महामन्त्रीज्युहरु जिम्बेवार पदाधिकारी हुनुहुन्छ । जेनजी पुस्ताको आन्दोलन पछि तपाईंहरूले ब्यक्त गर्नु भएका अभिव्यक्तिहरु पदिय मर्यादा अनुकुल छैनन, पुनः एक पटक सुन्न आग्रह गर्दछु । तपाईहरु बाट यस्ता मन्तव्य आइरहनु दुःखद हो । उचाले पछि स्थिती सम्हाल्ने जिम्मा पनि तपाईहरुकै हो । महामन्त्रीजीहरु काङ्ग्रेसको बिधानको धारा (२७ ) महामन्त्रीको काम, कर्तव्य र अधिकार फेरि पढ्नु होस । अनि कुरा गरौंला ।

काङ्ग्रेसको विधान बमोजिम तोकेको समय २०८२ मंसिर भित्र १५ औ महाधिवेशन होस भन्ने हाम्रो माग हो । महाधिवेशनको तयारीको पहिलो काम क्रियाशील सदस्यता वितरण हो । यो काम अलपत्र अबस्थामा छ । २०७९ साल साउनमा यो काम गर्न महामन्त्री गगन कुमार थापाको संयोजकत्वमा ‘क्रियाशिल सहायता व्यवस्थापन समिति’ वनेको थियो । उहाँले आफुले गरेको कामको प्रगति सुन्यौं । हालसम्म उहाँको समितिको ८ वटा बैठक बसेका रहेछन् । ३ जिल्लाको वाहेक ७४ जिल्लाको क्रियाशील नवीकरण वाँकि रहेको सुनियो । नयाँ क्रियाशिल त वितरण शुरु भएकै रहेनछ । जनसम्पर्क समिति कुवेत र नर्वेको अधिबेशन गर्ने बेला आज भन्दा १ वर्ष अगाड़ी नयाँ सदस्यता नदिएकोले पुरानै नवीकरण गरेर अधिबेशन सम्पन्न भएको थियो । जिम्मा लिएको व्यक्तिले काम नगरेर आज यो अवस्था आएको हो ।
नयाँ जेनजी पुस्तालाई समेटर प्रयाप्त समय दिई नयाँ सदस्यता वितरण प्रक्रियाका लागि समय चाहिन्छ होला । वितरित नवीकरण र नयाँ क्रियाशिलको छानविन र स्वीकृतीको समय पनि चाहिन्छ होला । महामन्त्री र सहमहामन्त्रीजिहरुले पेश गरेको धारणा सुनियो । महामन्त्रीजिले पेश गरेको कार्यतालिका अनुसार मङ्सिर १० गते भित्र नवीकरण र नयाँ बितरण गर्ने भन्नु भयो । तर उहाँले गर्नुहुन्न । गर्न सक्नु पनि हुन्न । नेपाली कांग्रेसको वेबसाईटमा १४ औ महाधिवेशन देखि हाल  २०८२ भाद्र २० गते सम्म भरेका करिब ३०४१ अन्लाईन सदस्यहरु छन । अहिलेसम्म कति जना लाई सदस्यता दिनु भयो ? (१९७६ जना पैसा समेत तिरि सकेका छन) ति कसैले पनि सदस्यता पाएका छैनन । अनि मैले पत्याउन पर्ने ?  तपाइहरुले डिजिटल माध्यमबाट सदस्यता बाड्नु हुन्छ भनेर  ? पार्टीको वेबसाईट हेर्नुहोस, तपाईंहरुले गरेका सबैकामहरु त्यही देखिन्छन् । मैले जनसम्पर्क समितिहरूलाई अपडेट गर्न वेबसाइट र मोबाइल एप्स बनाउदा पाएको सास्ती झलझली याद आऊछ । मैले बिभागमा २८ जना साथीहरु राखेर बिस्तार गर्दा पाएको सहयोग जस्तै पार्टीका ७२ बिभागका करिब ३६०० साथीहरूले पद पाँउदा पार्टीलाई के नोक्सान हुने थियो र ?  भागबन्डा गरेर बिद्यार्थी बिहीन नेबिसंघ, तरुण बिहीन तरुण दलको ७ ÷ ७ सय सदस्यीय समिती बनायो कस्ले ? भागबण्डामा सदस्यहरु कसले बनाएको हो ? जब नेबिसंघ विद्यार्थी निरपेक्ष भयो, त्यो उमेर समूहका बिद्यार्थीहरू जेनजी पुस्ताको नाममा सामाजिक संजालमा जोडÞिन पुगे । हिजो २०४६ सालको आन्दोलन यही उमेर समूहका हामीले गरेको होईन ? नेबिसंघको अगुवाईमा भएको होइन ? मलाई याद छ । तपाइँ हामी सगसंगै नेबिसंघमा सदस्य थियौं । धेरै संख्यामा अहिले पार्टी पदाधिकारीहरु हुनुहुन्छ । ४५ बर्ष देखिको नेबिसंघको राजनितीक यात्रामा २०४५÷४६ को जनाअन्दोलनको याद आउछ । जेल बसेको, कष्टडि बसेको मात्र होइन, जेल भित्रको सकृयता शायद तत्कालीन नेबिसंघका केन्द्रीय अध्यक्ष बालकृष्ण खाण दाई लाई स्मरण होला ।  त्रिचन्द्र क्याम्पसमा म भन्दा अगाडिका नेबिसंघका सभापति हाल गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सोध्नुभयो भने थाहा पाउनु होला । म भन्दा पछाडिको नेबिसंघको सभापति शंकर भन्डारी, त्यसपछिको स्वबियु सभापति किशोर सिंह राठौर, पछिका सभापति गगन कुमार थापा अहिले यहाँ सहमहामन्त्री र महामन्त्री हुनुहुन्छ । अहिलेको जेनजी पुस्ता भनेको नेबिसंघ होइन? सन्तनेता कृष्णप्रसाद भट्टराईले नेबिसंघको स्थापना गरेर स्वदेश मै बसेर शान्तिपुर्ण आन्दोलन गर्नुभएको किन रहेछ भन्ने मर्म सम्झना गर्नुहोस् । आज जेनजी को नाममा तिनैको आश्रम छाता, सुराही र टिनको बाकस नष्ट गरिएको छ । रास्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजबादको आस्था र बिचारले भरिपुर्ण नेबिसंघ विद्यार्थी सापेक्ष र तरुण दल तरुण युवा सापेक्ष बनाउनेतर्फ लागौ ।
तपाई पदाधिकारीज्यूहरु सबैलाई हामी सबै सदस्यहरूले चिनेका छौ । तपाईहरूको मिलेमतोले यो अबस्था आउन मद्दत गरेको छ ।
यो कार्य समितिमा आए पछि मैले काम गरेको छु । गफ गरेको छैन, मैले कांग्रेस बनाउनु छ, कुनै व्यक्तिलाई वनाउनु छैन । तपाई पदाधिकारीहरु र संसदीय समितिले टिकटको लागि भागवण्डा, वाँडिचुडी, लुछाचुडी गरि रहनु होस । झगडा गरि रहनु होस । कागजमा पेश गरेर, प्रायोजित अनलाईन पत्रिका र सामाजिक संञ्जालमा आकर्षक डिजाइनमा सामग्री प्रकाशित गरेर अधिवेशन हुदैन । आत्मा आलोचना गर्नुहोस, काम गर्नुहोस महाधिवेश हुन्छ । आफूले काम नगर्ने, अरुलाई दोष दिएर उम्किन मिल्दैन महोदय ।
तपाईहरु आफै समानुपातिक सिट लिनुभएको हो, आफनो पार्टीका साथीहरुलाई वलि चढाएर आफु जितेर आउनु भएकै हो । किरण पौडेल ४५ वर्षको सक्रिय राजनीतिक यात्रामा वर्तमान पदाधिकारीहरु र संसदीय समितिका नेताका हातवाट सांसद पद त के कांग्रेस पार्टीको तर्फबाट अहिले सम्म वार्ड अध्यक्ष पदको टिकट सम्म लिएको छैन । हामी खटेर पार्टी बनाउन लाग्ने तपाईहरुले हामीलाई जलाएर खरानी घस्न होडवाजी गरि रहनु भएको छ । बिशेष महाधिवेशनका लागि बकÞाइदा हस्ताक्षर गर्नु होस, हस्ताक्षर गर्नै चाहनु हुन्छ भने २४ गते भित्रै गर्नुहोस भनेर पार्टी महामन्त्रीले आव्हान गर्ने हो ?
भाद्र २४ गते सम्म हस्ताक्षर नगरेका लाई के गर्नु हुन्छ ? हस्ताक्षर गराएर अलपत्र पार्नु भयो भने तपाईहरुलाई इतिहासले के पुरस्कार देला ? महामन्त्रीज्यू तपाईहरुलाई  ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए, आज तपाईहरूले आव्हान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो, ति सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान छ तर तपाईहरूलाई भोट दिएका ९ प्रतिशत साथीहरूले किन छाड़े ? तपाईहरूको मधुर बाणी सुन्न मेरा कान आतुर छन् ।
पार्टीको १५ औ महाधिवेशन कहिले गर्ने ? यो बैठक सके पछि सबै आ–आफ्नो जिल्लामा जाउँ । तिन चरणमा काम गरौ ं।
१) मंसीर १ गते देखि पुष १५ गते सम्म क्रियाशिल सदस्यहरु वितरण गरौं । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरुको नामावली तयार गरौ । उम्मेदवार दर्ताको तयारी पनि गरौं ।
२) पौष १५ गते देखि फागुन २१ गते सम्म प्रतिनिधिसभाको चुनावमा जुटौ ।
३) चैत्र महिना भरि वार्ड तह देखि प्रदेश तहका सबै अधिवेशनहरु सम्पन्न गरौं ।
भ्रष्ट्राचार र कुशासनका विरुद्ध लड्ने, कलम र मसाल अङ्कित रक्त रञ्जित झण्डाको कसम खाएर २०८३ वैशाख ६ गते, नेविसंघको स्थापना दिवसको शुभ मुहुर्तमा पार्टीको १५ औं महाधिवेशन उद्घाटन गरौ ।

यो पनि पढ्नुहोस्

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

५ घण्टा अगाडि
संघीय संसदको स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग

देउवा पक्ष निर्वाचन आयोगमा पुग्याे

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक

कीर्तिपुर भेगिए विद्यालय स्तरीय दोश्रो मेयर कप खो खो प्रतियोगिता हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक