आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

जेनजी आन्दोलनको असर राजनीतिक दलहरुमा देखिन थालेको छ । पुरानै ढर्रामा सञ्चालन भइरहेका राजनीतिक दलहरु अब यही पारामा अघि बढ्न नसकिने निष्कर्षमा पुगेपछि पार्टीगत संरचना परिवर्तनमा जुटेका छन् । तर, यी प्रयासहरु केवल देखावटी परिवर्तनका लागि मात्र भएका हुन् भन्ने आशंका पनि बढेको छ, जसले पुनः ती दललाई घात गर्ने निश्चित छ । जेनजी आन्दोलनपछि माओवादी केन्द्रलगायत ८ दलले एकता गर्ने भएका छन् । उता एकता प्रक्रियामा सहभागी नभएका नेता जनार्दन शर्माले वाम प्रगतिशील ध्रुवीकरण घोषणा गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका उनले वाम प्रगतिशील ध्रुवीकरण गर्न लागेको घोषणा गरेका हुन् । तर यी घोषणाहरु वामपन्थीको नाम भजाउँदै नेताहरुको स्वार्थपूर्तिको माध्यम बन्ने जोखिम उत्तिकै छ ।

हुन त पंक्तिकारले यसै पत्रिकाका विभिन्न अंकमा वामपन्थी दलहरुबीच एकता र सहकार्यमा जोड दिँदै आएको थियो । शीर्ष नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको हितमा एकजुट आवश्यक रहेको पनि बारम्बार आफ्नो आलेखमा उल्लेख गरेकै थिएँ । भ्रष्टाचार, अनियमितता र दण्डहीनतालाई रोक्ने र सच्चा कम्युनिस्ट जीवनशैली नअपनाउने हो भने कुनै पनि बेला जनताले वामपन्थी दलहरुको साथ छोड्न सक्ने जनाएको थिएँ । त्यो अवस्था गएको जेनजी आन्दोलनमा देखिएको नै छ । त्यसैले वामपन्थी नेताहरुले अब आफूलाई परिवर्तन नगरी पुनः दलहरु एकत्रित गरेर मात्रै जनताको साथ पाउन सम्भव छैन ।

यसअघि पनि वामपन्थी दल माओवादी केन्द्रको कांग्रेससँगको चुनावी तथा सत्ता गठबन्धन अप्राकृतिक मात्र नभई देश र जनताको हितमा पनि नरहेको मेरो मत थियो । दक्षिणपन्थी तथा पूँजीवादी दल कांग्रेसलाई उसकै बाटोमा हिँड्न दिनुपर्ने, उसका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न छोडिदिनुपर्ने मेरो सधैं भनाइ रहँदै आएको छ । साथै, माओवादी, एमाले जस्ता वामपन्थी दलहरुले अन्य कम्युनिस्ट दलहरुलाई पनि एकत्रित गर्दै सामूहिक सहभागितामा अघि बढ्नुपर्नेमा मेरो जोड थियो । कांग्रेस र कम्युनिस्ट आआफ्नो बाटोमा हिँड्नुपर्ने कारण हो, दुवैका अलगअलग सिद्धान्त । निश्चय नै पुँजीवादी व्यवस्थाको पक्षपोषक कांग्रेसका आफ्नै सिद्धान्त, राज्यसञ्चालनमा फरक तौरतरिका छन् । कम्युनिस्ट दलहरुको सिद्धान्त, नीति र गन्तव्य कांग्रेसभन्दा बिल्कुल फरक छन् । त्यसैले दुई ध्रुवमा रहेका यी दलहरुबीच चुनावदेखि सत्तासम्मको गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएकाले यो अप्राकृतिक गठबन्धन रहेको मत मेरो सधैं थियो । विगत केही वर्षयता कांग्रेस, कम्युनिस्ट दलबीचको सहकार्यमा बनेका दलहरु सफल पनि हुन सकेनन् । सरकार असफल हुँदा जनतामा निराशा बढ्यो, जेनजी आन्दोलन हुने अवस्था बन्यो ।

विगतमा एमाले र माओवादीबीचको एकीकरणले नेकपा घोषणा हुँदा एउटा ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको उदय भएको थियो । यसले नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरुले पाएको बद्नामीलाइ मेट्ने र विकासको मूल फुटाउने अपेक्षा गरेको थियो । कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा पु¥याउने आशा गरिएको थियो । त्यो आशा धेरै समयसम्म टिक्न सकेन । यस्तो अवस्था फेरि ननिम्तिएला भन्न सकिँदैन ।

त्यसो भए, कम्युनिस्ट सहकार्यलाई सफल र देश तथा जनताकेन्द्रित कसरी बनाउने ? यसको एउटै उत्तर हो, नेताहरु विगतमा जस्तो आफ्नो स्वार्थकेन्द्रित नभई जनता केन्द्रित हुने । श्रमिक, विपन्न, किसान, युवा, महिला, बालबालिका र वृद्धवृद्धाका आम समस्यामा केन्द्रित हुने । तिनलाई तत्कालीन र दीर्घकालीन समाधानमा सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने । जनताको मन जितेर चुनाव पनि जित्ने, राष्ट्रलाई आत्मनिर्भर बनाएर वैदेशिक हस्तक्षेप अन्त्य गर्ने । यति काम गर्न सके मात्र वाम गठबन्धन सफल हुनेछन्, नेताहरु सफल हुनेछन् ।

इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्ने प्रयास वामपन्थी गठबन्धनले गर्न आवश्यक छ । यसले नेपाली कम्युनिस्ट पाटीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको गठबन्धनलाई एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् । तर वामपन्थी एकताको नाममा पुरानै नेता दोहोरिने, युवालाई स्थान नदिने, देश र जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा लिप्त हुने नीति लिएमा भने आगामी चुनावमा बढारिने अवस्था आउनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक