काठमाडौं । मोरङ, मिक्लाजुङ गाउँपालिका-६ कत्लेस्थित सडक छेउमा उर्लाबारी नगरपालिका-१ बस्ने ४२ वर्षीय मन कुमार तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङ, ग्रामथान गाउँपालिका-७ साधुटोलस्थित पैनीमा धनपालथान गाउँपालिका-५ बस्ने ५६ वर्षीय दुर्गा प्रसाद खवास बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, खजुरा गाउँपालिका-२ एल गाँउ १६ नम्बर घर बस्ने २८ वर्षीय लोग बहादुर सुनार आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, देउमाई नगरपालिका-७ सिउरेनीस्थित माईखोलाको किनारमा माई नगरपालिका-९ बस्ने ५० वर्षीय अर्जुन मगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


