सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

न्युयोर्कतिर हेर, राजनीति बदलिंदैछ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
न्युयोर्कतिर हेर, राजनीति बदलिंदैछ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 सुदर्शन खतिवडा

काठमाडौं । अमेरिकाको न्युयोर्कको मेयरमा ३४ वर्षीय डेमोक्र्याट उम्मेदवार जोहरान ममदानीले चुनाव जितेको खबरले संसारभर तरंग पैदा गरेको छ ।

अनेकौं राजनीतिक उथलपुथल व्यहोरिरहेको विश्वलाई संसारकै शक्तिशाली सहर न्युयोर्कबाट ब्यालेटबाटै राजनीतिक उथलपुथलको नेतृत्व गर्दै ममदानीले संसारलाई भनेका छन्- न्युयोर्कतिर हेर, राजनीति बदलिँदैछ ।

कुनै एक कारणले मात्र उनको विजय उल्लेखनीय बनेको होइन । उनी दर्जनौं प्रतिकूलताका पहाड नाघ्दै विजयको झन्डा गाड्न सफल भए । यो जितले विभिन्न रेकर्डहरू समेत बनाउन सकेको छ ।

उनी एक शताब्दीभन्दा बढी समय यताकै न्युयोर्कका कान्छा मेयर बनेका छन् । उनी त्यहाँको पहिलो मुस्लिम मेयर पनि बनेका छन् । साथै, उनी न्युयोर्क सिटीको पहिलो दक्षिण एसियाली मूलका मेयर पनि हुन् । अफ्रिकामा जन्मिएर यो शहरमा पहिलोपटक मेयर बनेको रेकर्ड पनि उनले राखे । किनकि उनी ३४ वर्षअघि युगान्डामा जन्मिएका थिए ।

यो चुनावमा २० लाखभन्दा बढी मतदाता सहभागी भए जुन सन् १९६९ पछिको सबैभन्दा उच्च सहभागिता हो । प्रारम्भिक मतदान (अर्ली भोटिङ) मा पनि रेकर्ड संख्यामा मतदाता सहभागी भएका थिए ।

यी त केही प्राविधिक कुरा मात्रै हुन् । उनले जितेको त राजनीति हो । किनकी यो राजनीतिक लडाइँ थियो ।

न्यूयोर्कको मेयर पदलाई अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पद मानिन्छ । ममदानीको यो जितलाई ट्रम्पको दोस्रो कार्यकालको एक वर्ष पुगेको अवस्थामा ‘लिटमस टेस्ट’ वा मिनि जनमत संग्रहको रूपमा व्याख्या गर्ने गरिएको छ ।

किनकि, ममदानीले डोनाल्ड ट्रम्प समर्थित स्वतन्त्र उम्मेदवार एवं पूर्व गर्भनर एन्ड्रयू कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गरे ।

ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको सट्टा कुमोलाई समर्थन गर्दै ममदानीलाई ‘कम्युनिस्ट’ र ‘अनुभवहीन’ भनी आरोप लगाएका थिए । ट्रम्पले ममदानीले जितेमा संघीय फन्डिङ रोक्ने चेतावनी, त्यो पनि पटकपटक दिएका थिए।

सस्तो आवासलाई अधिकार बनाउने, सार्वजनिक यातायात निःशुल्क गर्ने, न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्‍याउने र धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि योजना दिने प्रमुख मुद्दा उनले चुनावी नाराका रूपमा उठाएका थिए ।

ममदानीले न्युयोर्कको शक्ति संरचनालाई छोटो समयमा अविश्वसनीय ढंगले शक्तिशाली धक्का दिएका छन् जसको तरंग न्युयोर्कको सीमा बाहिर फैलिएर सिंगो अमेरिकाभरी फैलनेछ । स्वभाविक रूपमा, विश्वका अन्य देश र सहरले पनि उपयोगी सन्दर्भ सामग्रीको रूपमा प्रेरणा लिनेछन् ।

राजनीतिमा कसलाई ल्याउने त्यो हाम्रो हातमा छ भन्ने न्युयोर्क चलाउन बानी परेका शक्ति दलालहरूलाई मात्र होइन, ममदानीले ती नागरिक अगुवाहरूलाई पनि आश्चर्यचकित बनाइदिएका छन् । किनकि हामीले निर्माण गरेको विचारअनुसार सहर हिँडिरहेको छ भन्न सक्ने अवस्था अब उनीहरूसँग बाँकी रहेन ।

राजनीतिमा नयाँ पुस्ता

विश्वका कैयौं देशमा राजनीतिक उथलपुथल भइरहेका छन् । खासगरी नयाँ पुस्ताको नेतृत्वमा भइरहेका यी राजनीतिक परिवर्तनलाई विदेशीको खेल, त्यो पनि अमेरिकाको खेल भनेर अर्थ्याउनेहरूको बलियै समूह छ ।

तर, न्युयोर्कमै यति शक्तिशाली उथलपुथल भयो त्यो पनि ब्यालेटबाट । यो कसको षड्यन्त्र होला ?

न्युयोर्कले दिएको जवाफ हो- त्यो समाजको राजनीतिक परिवर्तन आधारभूत रूपमा त्यही समाजभित्र विकसित सामाजिक-आर्थिक-राजनीतिक अन्तरविरोधको परिणाम हो ।

कसरी ?

यसको जवाफ खोज्न यो प्रश्नको जवाफ खोज्नुपर्छ कि ट्रम्प शासन उत्कर्षमा रहेको बेला न्युयोर्कमा एक आप्रवासी मुस्लिम ३४ वर्षीय ठिटोले चुनाव जित्न कसरी सम्भव भयो ?

यसको छोटो जवाफ हो- त्यहाँ सबै सम्भव हुन्छ जहाँ वृद्धतन्त्र र दलतन्त्र एकसाथ चलिरहेको हुन्छ । नेताहरू सर्वसत्तावादी सोचले ग्रस्त छन् । प्रश्नहरू कोमामा छन् । पार्टी पंक्ति दासमा बदलिएको हुन्छ र सीमित अभिजात वर्गको हित रक्षा गर्ने क्रममा राजनीतिले गरिखाने वर्गलाई वास्तै गर्न सक्दैन ।

त्यस्तो अवस्थामा, न्युयोर्क सहरमा पनि एउटा मुस्लिम ठिटोले शास्त्रीय मार्क्सवादीहरूले भन्ने गरेको ‘सर्वहारा वर्ग’को एजेन्डा उठाउन सक्छ । नारा लगाउन सक्छ, त्यो पनि जोडतोडले ।

त्यस्तो नारा लगाउन कुनै राष्ट्रवादी नेताको निजी कम्पनी बनेको पार्टीको सदस्यतारूपी तमसुकमा हस्ताक्षर गरेका कार्यकर्ताको आवश्यकता पर्दैन ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

त्यसैले, ममदानीले गरिखाने वर्गको नारा संसारकै धनाढ्य सहरमा उठाए र त्यसलाई मतमा रुपान्तरण पनि गर्न सके । जहाँको परिस्थिति परिवर्तनको लागि तयार छ, त्यहाँ पुत्लाहरूले पनि नेतृत्व गर्न सक्छ । जबकि ममदानी त राजनीतिक सुझबुझ भएका कुशल राजनीतिक नेतृत्व नै हुन् ।

त्यसैले न्युयोर्कबाट प्रसारित अर्को सन्देश हो- लोकप्रियतावादको बाटो हुँदै दक्षिणपन्थतिर यात्रारत पश्चिमा विश्वमा जनताले एउटा आप्रवासी ठिटोलाई पनि रोज्न सक्छ । यो नतिजाले ट्रम्पको मेक अमेरिका ग्रेट अगेन नारालाई नाङ्गेझार बनाइदिएको छ ।

ट्रम्पको मनपरीतन्त्र विरुद्ध कसैले प्रतिरोध गर्न सकिरहेको थिएन । उनी पार्टीभन्दा माथि छन् । दलभन्दा व्यक्ति बलियो बनेको दलतन्त्र चलाइरहेका दलपतिविरुद्ध लड्नुथियो ।

‘सोसल डेमोक्रेसी’ लाई राजनीतिक दर्शन मान्ने ममदानीलाई त ट्रम्पले कम्युनिष्ट भन्दै आएका छन् । अमेरिकामा कम्युनिष्ट भन्नु एकप्रकारले गाली गरेजस्तै हो ।

ट्रम्पले आक्रोशित मुद्दामा भनिदिए- ममदानी ‘पागल’ कम्युनिष्ट हुन् । ममदानीले मन्द मुस्कानका साथ जवाफ दिए- ‘ट्रम्पलाई जन्म दिने यही सहरले उनलाई पराजित गरेको छ। कुनै पनि तानाशाहलाई डराउने वा चुप लगाउने एक मात्र उपाय भनेको ती परिस्थितिहरू परिवर्तन गर्नु हो, जसले उसलाई शक्ति दिएको हुन्छ।’

उनले ट्रम्पकालीन राजनीतिक अँध्यारोविरुद्ध न्युयोर्कले आशा र विश्वासको नयाँ उज्यालो बन्ने सगर्व घोषणा गरे ।

त्यसो त, पूर्व र्‍यापर समेत रहेका ममदानी नागरिकका सवालसँग भाग्दैनन् । सार्वजनिक टेलिभिजन बहसमा भाग लिन्छन् । सञ्चारकर्मीको जस्तासुकै प्रश्नलाई पनि ‘इन्ज्वाय’ गर्छन् ।

उनी जवाफ दिन्छन् । सँगै, प्रश्न पनि गरिरहन्छन् । किनकि उनलाई थाहा छ, अधिनायकवाद उन्मुख नेतृत्वलाई प्रश्न गर्न छोड्न हुँदैन । यही बुझेर होला उनले ट्रम्पको खुलमखुला प्रतिरोध गरिरहे । ट्रम्पको समर्थन र नेतृत्वमा इजरायलले गाजामाथि थोपरेको हिंसाका विरुद्ध उनी खुलेरै बोले ।

उनले भने, ‘म मेयर भएपछि बेञ्जामिन नेतान्याहु न्युयोर्क आए भने पक्राउ गर्नेछु ।’

जतिसुकै आक्रमण भए पनि उनले लोकप्रियतावाद र अधिनायकवादको अतिक्रमणकाबीच लोकतान्त्रिक बाटो देखाउन र जोगाउन मेहनत गरिरहे ।

शक्ति कहाँबाट आउला ? जबकि लड्नुछ ट्रम्पसँग !

शक्तिका स्रोत आखिर जनता न हुन् । उनले विपन्न, असहाय, बालबालिका र वृद्ध अनुकूलको शहरी व्यवस्थापनको नारा दिए ।

चुनाव लड्न उनीसँग दुइटा विकल्प थिए- धनीसँग पैसा लिने कि सर्वसाधारणको विश्वास ?

उनी जनतातिरै फर्किए । हरेक प्रश्नको उत्तर दिए अर्थात् प्रश्नहरूबाट भागेनन् ।

पारदर्शिता उनको वाचा मात्रै होइन, अभ्यासले खारिएको जीवनशैली बन्यो । गल्लीगल्लीमा मतदाताका लागि उपलब्ध भए उनी । मत माग्न मात्र होइन, अन्तर्रक्रिया गर्न पनि ।

त्यसो त, समाजमा रहेका असमानताहरूलाई सुधार्ने चाहनाले ममदानीलाई राजनीतितर्फ आकर्षित गरेको रहेछ ।

शक्ति सम्भ्रान्तहरूको आक्रमणको डर मानेर उनले आफ्नो मुद्दा उठाउँदा जिब्रो चपाएनन् । उनले खुलमखुला भनिदिए- समाजमा अर्बपतीहरू हुनुहुँदैन । सीमित व्यक्तिका हातमा अधिकांश पूँजी थुप्रिने व्यवस्थाको म विरोधी हुँ ।

उनले समावेशिता र आर्थिक विविधताका मुद्दा बलियोगरी उठाइरहे । न्यायको पक्षमा चर्को स्वर उनको नयाँ परिचय नै बन्यो ।

उनले प्रगतिशील करको कुरा गरे । र भर परे बहुसंख्याको अर्थात् सहरका विशाल जनसंख्याको । उनी मतदाताको ढुकढुकी छाम्न थाले ।

मतदाताको चाहना थियो- बस सेवा, आवास र शिशु स्याहार।

उनले यही नारा उठाए । स्वयंसेवीहरूको विशाल पंक्ति परिचालनमा लागिरहे ।

भनिन्छ- माछा त्यहीँ मार्नुपर्छ, जहाँ माछा छ । उनले सामाजिक सञ्जालको शक्ति पनि बुझेकै थिए । नागरिकको मुद्दा टिप्ने, आकर्षक ढंगले प्याकेजिङ गर्ने र सामाजिक सञ्जालबाट ठूलो संख्यामा नागरिकमा पुग्ने, यी काम उनको प्राथमिकता बने ।

त्यसैले त, ट्रम्पले नेतृत्व चलाएको देशमा मुस्लिम भएर बाँच्न पनि मुस्किल छ । तर उनी त मुस्लिमको स्पष्ट परिचय दिएर यहुदी बहुसंख्या भएको शहरको मेयरमा निर्वाचित हुन सके ।

उनले आफूविरुद्ध फैलाएका सबै भ्रमहरूको खुला संवाद गरेरै जवाफ दिए । नागरिकको मन जिते र बिस्तारै मतै जिते ।

उनी आफूविरुद्ध बलिया र जायज प्रश्न चाहन्छन् । आफ्ना वरिपरि प्रश्न गर्ने र चुनौती दिने अनुभवी र इमान्दार मानिसहरू हुन् भन्ने चाहन्छन् । लोकतन्त्र परिवार, पार्टी हुँदै हरेक तहमा हुनुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ । यही तरिका हो- जसबाट उनी बढीभन्दा बढी फरक मत सुन्छन् र तदनुरूप रणनीति बनाउँछन् ।

विजयपछि ट्रम्पलाई चेतावनी दिंदै ममदानीले भनेका छन्, ‘हामी खराब घरधनीहरूलाई जवाफदेही बनाउनेछौं, किनकि हाम्रो शहरका ‘डोनाल्ड ट्रम्पहरू’ आफ्ना भाडामा बस्नेहरूलाई दुर्व्यवहार गर्न अत्यन्तै सहज भएका छन् ।’

उनले थपे, ‘हामी त्यस्तो भ्रष्ट संस्कृतिको अन्त्य गर्नेछौं, जसले अर्बपतिहरूलाई कर छल्न र कर छुटको दुरुपयोग गर्न अनुमति दिएको छ ।’

ममदानीले न्युयोर्कलाई आप्रवासीहरूको शहरको रूपमा परिभाषित गर्दै भने, ‘न्युयोर्क आप्रवासीहरूको शहर थियो, छ र सदैव रहनेछ । यो शहर आप्रवासीहरूले निर्माण गरेका हुन्, उनीहरूमार्फत नै चलाइन्छ र अब उनीहरूमार्फत नै यसको नेतृत्व हुनेछ ।’

३४ वर्षे ठिटोले जितेको यो चुनाव केवल न्युयोर्कको राजनीतिमा होइन, विश्व राजनीतिमा पनि एउटा स्पष्ट सन्देश हो — ‘शक्तिशालीहरूको हातमा राजनीति अस्थायी हो, वास्तविक शक्ति जनताकै हातमा हुन्छ ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक