काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जेन-जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न आफूहरू तयार भएको जनाए । बुधबार राजधानीमा १० कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा बोल्दै उनले सो जनाएका हुन् ।
आजको डिजिटल पुस्ताले संसारभरिको विकास देखेको र त्यसलाई सम्बोधन गर्ने कार्यभार आफूहरूमा आएको भन्दै उनले जेन-जी युवाले आन्दोलनको पहिलो दिन भ्रष्टाचारको विरुद्धमा उठाएको कुरालाई आफ्नो पार्टीले आत्मसात गर्न तयार रहेको जनाए ।


