काठमाडौं । मोरङ, बेलबारी नगरपालिका-२ बस्ने ६० वर्षीय बल बहादुर खड्का सोही नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-७ कनहरीया बस्ने ५३ वर्षीय टेक बहादुर बस्नेत सोही उपमहानगरपालिका-५ नैनावारस्थित बबई खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित मर्स्याङदी नदी किनारमा गोरखा पालुङटार नगरपालिका-७ बस्ने ४६ वर्षीया हरिमाया कुमाल सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।


