काठमाडाैं । देशमा आएको पछिल्लो अबिरल बर्षाले उत्पन्न भएको बाढी, पहिरो र डुवानका कारण धानबाली लगायत तरकार समेत अन्य बालीनाली तथा पशुपन्छी पालनमा समेत ठूलो नोक्सान भएको छ । यसप्रति हामी देशमा क्रियाशील तथा जिम्मेवार चार किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (अप्फा) क्रान्तिकारी किसान महासंघ नेपाल, अखलि नेपाल प्रगतिशील किसान महासंघ र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्तरुपमा चिन्ता र दुःख ब्यक्त गर्दछौं । यसरी बालीनालीमा ठूनो नोक्सानी ब्यहोरिइरहेका सबै किसानलाई तत्काल यथेष्ठ राहत प्रदान गर्न नोक्सानीको पूर्ण बिवरण आए पछि थप उचित सहयोग किसानलाई आश्वस्त पार्न राज्यसँग जोडदार माग गर्दछौं ।
आरम्भिक तथ्यांक अनुसार गएको असौज र चालु कार्ति महिनामा आएको अबिरल र असामयिक बर्षाका कारण उत्पन्न बाढी पहिरो र डुबावमा परेर किसानको कम्तिमा पनि पाँच अर्ब बराबरको नोक्सानी हुन पुगेको छ । यस बाढी पहिरो र डुवामा परेर किसानको धानबाली,तरकारी र अन्य कृषि बालीमा मात्र ३ अर्बको नाक्सानी पुगेका बताइएको छ भने कृषि पूर्बाधार तथा पशुपंक्षी र माछा पालनमा सम्पूर्ण नोक्सानीको प्रारम्भिक आकलन ५ अर्ब जतिको भएको उल्लेख छ । त्यसमा पनि सबैभन्दा बढी नोक्सानी मधेश प्रदेशमा हुनु पुगेको बताइएको छ ।
अतः यो नोक्सानीको भरपाई हुने गरी किसानलाई सरकारले तत्काल राहत प्रदान गरोस् तथा प्राकृतिक प्रकोपको यो नोक्सानीबाट हुन सक्ने खाद्यान्न, तरकारी, माछा, मासु, दुग्ध प्रदार्थको अभाव हुन नदिन र मूल्य बृद्धि पनि हुन नदिन सरकारले ठोस राहत र समस्या समाधानको ब्यवहारिक र मूर्त उपायहरु अगाडि सारोस् भन्ने पनि हामी जोडदार माग गर्दछौ)ं ।
साथै लामो समयदेखि झुलाएर राखिएको ऊखु किसान र दुग्ध किसानले पाउन पर्ने बक्यौता भुक्तानी रकम तत्काल एकमुष्ठ भुक्तानी दिन पनि हामी जोडदार माग गर्दछौं


