सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायण अधिकारी

काठमाडौं । टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकतामाथि अनुसन्धान गरेको प्रहरीले नागरिकतामा बाबु उल्लेख भएका व्यक्तिको समेत पहिचान गरी अनुसन्धान अघि बढाएको छ ।

तेन्जिनको नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख थियो । प्रहरीले ती व्यक्तिको पहिचान गरेर आइतबार मात्रै जिल्ला प्रहरी परिसर ललितपुरमा उपस्थित गराएको थियो । काठमाडौं महानगरपालिका-६ बौद्धमा बस्दै आएका कृष्णबहादुरलाई पहिचान गरी परिसरमा उपस्थित गराए पनि उनीहरू दुवैले एकअर्कालाई चिनेनन् ।

आफ्नो बाबु दाबी कृष्णबहादुरलाई तेन्जिनले चिनेनन् । आफ्नो छोरा भन्दै नागरिकता बनाइएका व्यक्ति तेन्जिनलाई पनि कृष्णबहादुरले चिनेनन् ।

त्यसपछि तेन्जिनको नागरिकता झनै शंकाको घेरामा परेको छ । नक्कली बाबु खडा गरेर प्रशासनबाट नागरिकता बनाइएको आशंका प्रहरीले गरेको छ ।

नागरिकता बनाउन पेस गरिएका विवरणहरू जेनजी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय आगजनी हुँदा जलेर नष्ट भएकाले अनुसन्धानका लागि समस्या भएको प्रहरीले बताएको छ ।

बाबु नाम उल्लेख गरिएका कृष्णबहादुरले भने नागरिकता बनाइदिएको बारेमा आफूलाई केही जानकारी नभएको दाबी गरेका छन् । आफ्नो नाम उल्लेख भए पनि नागरिकता बनाएको बारेमा केही जानकारी नभएको दाबी कृष्णबहादुरले गरेको प्रहरी स्रोतले बतायो ।

नागरिकता शंकास्पद देखिएपछि प्रहरीले उनीविरुद्ध अहिले किर्तेको कसुरमा अनुसन्धान अघि बढाएको छ । ‘केही सरकारी कागजातहरू किर्ते गरेको देखिएपछि किर्तेको कसुरमा अनुसन्धान अघि बढाइएइको हो,’ परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने ।

उनको नागरिकता पनि शंकास्पद देखिएपछि अहिले लिखतसम्बन्धी कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाइएको हो ।

काठमाडौं महानगरपालिका-६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध गराएको आफ्नो विवरणअनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।

तर, यी विवरणहरू महानरपालिकाको रेकर्डमा दाँज्दा भेटिएनन् । काठमाडौं महानगरपालिका-६ का वडाध्यक्ष भुवन लामाका अनुसार वडाको ढड्डामा तेन्जिनले पेस गरेका विवरणहरू भेटिएनन् ।

२६ असोजमा पक्राउ परेका तेन्जिनविरुद्ध सुरुमा प्रहरीले अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो । अहिले भने किर्तेका साथै लागुऔषधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए ।

तेन्जिन दावाको कोठा खानतलासी गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले बताएको छ । दावाको कोठाबाट गाँजा बरामद भएपछि उनीमाथि लागुऔषधको कसुरमा पनि म्याद लिएर अनुन्धान अघि बढाइएको हो । लागुऔषधको कसुरमा ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले यो समूहको खोजी सुरु गरेको थियो ।

प्रहरीले खोजी तीव्र पारेपछि तेन्जिन आफैं प्रहरीकहाँ पुगेका थिए । अनुसन्धानका क्रममा भने पेस्तोल बोकेको उक्त भिडियो जेनजी आन्दोलनको नरहेको खुल्यो ।

तर, प्रहरीले उनीबाट नक्कली पेस्तोल र सञ्चार सेटसमेत बरामद गरेको थियो । आन्दोलनको क्रममा समेत बुलेट मोटरसाइकल पड्काउँदै हिँडेको तेन्जिनको समूहले जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको आरोप प्रहरीको छ ।

उनीबाट बरमद भएका प्रमाणहरूले समेत यसको पुष्टि गर्ने प्रहरीको दाबी छ । टीओबी लेखिएको कालो कपडा लगाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेनजी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप ‘तिब्बतीयन ओरिजिनल ब्लड’ समेत लेखिएको थियो ।

तेन्जिनले भने आफूहरू बाइक राइड गर्ने समूह रहेको दाबी गरेका छन् । आन्दोलनमा जानुको मुख्य उद्देश्य नै बाइक पड्काउन रहेको दाबी उनको छ ।

तेन्जिन पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम गरेका थिए । अहिले पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् । तेन्जिनको शरीरभरि ट्याटु नै ट्याटु छन् । उक्त ट्याटु आफूले सिक्ने क्रममा खोपेको, आफूलाई सिकाउने क्रममा पनि खोपिएको उनले बताएका छन् ।

पछिल्लो समय बाइक राइडमा जाने गरेको उनी बताउँछन् । अविवाहित तेन्जिनले आफ्नो पुर्खा तिब्बतीयन रहेको, बौद्ध क्षेत्रमा बस्ने हुँदा तिब्बती मूलका व्यक्तिहरूसँग सम्बन्ध रहेको र त्यहीँबाट प्रभावित भएर तिब्बतीयन ब्लड लेखिएको ज्याकेट लगाएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

दुर्गा प्रसाईंको तीनकुने आन्दोलनमा टीओबी समूहको प्रयोग

प्रहरी अनुसन्धानका क्रममा टीओबी समूह गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दुर्गा प्रसाईंको आन्दोलनमा प्रयोग भएको खुलेको छ ।

यो कुरा तेन्जिनले स्वीकारसमेत गरेको एक अनुसन्धान अधिकृतले बताए । सामान्य पेट्रोल र रिचार्ज खर्च दिएपछि टीओबी समूह बाइक लिएर जाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । तर प्रसाईं समूहबाट यो सदस्यले रकम लिए नलिएको भन्ने तथ्य प्रहरीले भेट्टाइसकेको छैन ।

उनीहरू कुनै तिब्बतीयन एजेन्ट नरहेको तर समर्थक भने रहेको प्रहरीको बुझाइ छ ।

बाइक राइडहरूको यो समूहका अधिकांश सदस्य बुलेट बाइक चढ्छन् । यसका मुख्य व्यक्ति नै तेन्जिन रहेको प्रहरीको बुझाइ छ । अघिपछि बाइक पड्काउँदा प्रहरीले समात्ने भएकाले आन्दोलनको क्रममा बाइक पड्काउन जाने गरेको उनीहरूको दाबी छ ।

भेटिएन रेडियो सेटको लाइसेन्स

प्रहरीले तेन्जिनलाई पक्राउ गर्दा उनीबाट रेडियो सेट (वाकिटकी) पनि बरामद गरेको थियो । लाइसेन्स नलिई यस्तो सञ्चार सेट प्रयोग गर्न मिल्दैन । तर प्रहरी अनुसन्धानका क्रममा यो रेडियो सेटका लागि तेन्जिन समूहले लाइसेन्स नलिएको पाइएको छ ।

प्रवक्ता भट्टराई पनि तेन्जिनले रेडियो सेटको लाइसेन्स अहिलेसम्म देखाउन नसकेको बताउँछन् ।

रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्छ । हरेक वर्ष यसको नवीकरण गर्नुपर्ने हुन्छ ।

‘वाकिटकी प्रयोगका लागि जिल्ला प्रशासन अधिकारी (सिडिओ) मार्फत सिफारिस लिनुपर्ने अवस्था छ, तर तेन्जिनबाट बरामद रेडियो सेटका लागि लाइसेन्स लिएको भेटिएन । online khabar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक