आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साम्बाले अस्ट्रेलियाको ए-लिग वुमन्समा डेब्यू गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
साम्बाले अस्ट्रेलियाको ए-लिग वुमन्समा डेब्यू गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बाले शनिबार अस्ट्रेलिया/न्युजिल्यान्डको ए-लिग वुमन्समा डेब्यू गर्ने सम्भावना छ।

सिजन २०२५-२६ मा साम्बा आबद्ध वेलिङटन फोनिक्सले शनिबार क्यानबेरा युनाइटेड एफसीविरूद्ध खेल्दैछ। यो खेलसँगै फोनिस्कले सिजनको पहिलो खेल खेल्न लागेको हो। खेल वेलिङटनको स्काइ रंगशालामा नेपाली समयअनुसार विहान पौने नौ बजे सुरु हुनेछ।

फोनिक्स न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ।

शनिबार हुने पहिलो खेललाई लिएर साम्बाले उत्साहित भएको प्रतिक्रिया दिएकी छन्। पहिलो खेल घरेलु मैदानमा भएको कारण क्लबका लागि अंक जोड्ने मौका भएको पनि उनको भनाइ छ।

उनले क्लबसँगको कुराकानीमा सिजनमा वेलिङटन राम्रो भएको कारणले ए-लिग खेल्नका लागि यो क्लब रोजेको बताएकी छिन्। यसका साथै उनले वेलिङ्टनमा नेपाली फुटबल प्रशंसकहरूको ठूलो संख्या र धेरै सकारात्मक नेपाली समुदाय भएको कारणले पनि उनले यो ठाउँ रोजेका उल्लेख गरिन्।

न्युजिल्यान्डमा फुटबल खेल्ने अवसर प्राप्त हुनुअघि यहाँको फुटबल वातावरणबारे उनलाई कुनै जानकारी थिएन। जब उनलाई क्लबबाट अवसर आयो, उनले न्युजिल्यान्ड, त्यहाँको फुटबल, लिगको प्रकार र लिगको अवस्थाबारे गुगलमा खोजी गरेकी थिइन्।

२ महिनादेखि क्लबको प्रिसिजन क्याम्पमा सहभागी भएकी साम्बाले क्लबको प्रशिक्षक धेरै उत्कृष्ट भएको भन्दै प्रशंसा गरिन्। क्लबमा आबद्ध भएपछि उनलाई त्यहाँको नेपाली समुदायबाट धेरै सन्देशहरू प्राप्त भएका छन् र उनीहरू खेल हेर्न आउने साम्बाको अपेक्षा गरिएकाे छ।

साम्बाले गत २ सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेकी थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो। उनी फ्रान्स युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी भएकी थिइन्।

साम्बाले यसअघि इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्। तर युद्धका कारण उनी सिजनको बीचैमा फर्किएकी थिइन्। उनी युरोपियन लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।

त्यसअघि भारतको महिला लिगमा साम्बाले तहल्का पिटेकी थिइन्। पछिल्लो पटक उनले गोकुलम केरलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। १० खेलमा २९ गोल गर्दै उनी लिगकै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आबद्ध गोकुलमले लिग नै जितेको थियो।

भारतमा तीन सिजन महिला लिग खेल्दा उनले तीनै सिजन उपाधि जितेकी थिइन्। उनले भारतीय लिगमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमान समेत बनाएकी छिन्।  साम्बा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्येमा पर्छिन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्।

साम्बा २०१४ मा नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन् साम्बा। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। उनले डेब्यू खेलमै गोल गरेकी थिइन्।

त्यसयता साम्बाले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन्। साम्बाले राष्ट्रिय टोलीमा ६२ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन्। साम्बा २ महिना नेपाली महिला टोलीको कप्तान समेत बनेकी थिइन्।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक