काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको प्रतिक्षामा रहेका छन् ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका छन् । त्यसबाहेक १७ वटा दलले दिएको दर्ताको निवेदन अध्ययनको क्रममा रहेकाे छ ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने दलले यही कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने प्रावधान रहेकाे छ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते विहान ७ बजेदेखि वेलुका ५ वजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ ।
कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेका छ । यसकारण नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसकेर निर्वाचन प्रयोजनका लागि पुनः मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ ।


