लन्डन । बेलायतको क्याम्ब्रिजशायरस्थित रेलमा भएकाे चक्कु आक्रमणको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको पहिचान खुलेको छैन । घटना भएको केहीबेरमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार घाइते १० जनामध्ये ९ जनाको अवस्था गम्भीर छ ।
आक्रमण भएको रेल डोनकास्टरबाट किङ्स क्रस जाँदै थियो । प्रहरीले पहिलो पटक स्थानीय समयअनुसार शनिबार साँझ ७ः ४२ बजे घटनाको उजुरी पाएको थियो । घटनापछि रेल सेवा अवरुद्ध भएको छ । लन्डन उत्तर पूर्वी रेलवेले यात्रुहरूलाई आफ्नो यात्रा स्थगित गर्न आग्रह गरेको छ र आइतबारको अन्त्यसम्म यो अवरोध कायम हुने अनुमान छ ।
एक घाइते व्यक्ति आफूहरूतिर दौडेर ‘कसैसँग चक्कु छ’ भनेर चिच्याएको रेलमा सवार एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए । Laxmi रेल पिटरबरोबाट छुटेको १० मिनेट पछि घटना भएको र घाइतेहरू रेलमा चक्कु बोकेका व्यक्तिबाट भागिरहेको देखिएको अर्का प्रत्यक्षदर्शीले भनेका थिए ।

