उदयपुर । बेलका नगरपालिका-८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३४ किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले २ वटा रबरको ट्युबमा प्लाष्टिक भित्र पोका पारी राखिएको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

