सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौं हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले गरे ।

कार्यक्रममा बोर्ड अध्यक्ष दाहालले नेपाली चलचित्र उद्योगको विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा ढोका खोल्ने काम महोत्सवहरूले गरिरहेको जनाए । उनले सरकारी तवरबाट हुनुपर्ने महोत्सव व्यक्तिगत रूपले चलचित्रकर्मीहरूले गरेको देख्दा खुसी लागेको धारणा राखे ।

महोत्सवको आयोजना नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गरेको हो । प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘काठमाडौं हरर फिल्म महोत्सव २०२५’ आयोजना गरेर रचनात्मक यात्राको सुरुवात गरेको जनाए । उनले कल्पना, कथा वाचन र चलचित्रको विश्वव्यापी भाषालाई महोत्सव उत्सवको रूपमा लिनुपर्ने धारणा राखे ।

‘यो उत्सव केवल डर र रहस्यको कथा देखाउने मात्र होइन,’ पुरीले भने– ‘यो नेपाली फिल्मका क्षेत्रका लागि नयाँ सोच, नयाँ विधा र नयाँ दृष्टिकोणको आरम्भ पनि हो ।’  उनले हाम्रो समाजका कथा, संस्कृतिका आयाम र मानिसका भावना महोत्सवमार्फत विश्व मञ्चमा पुर्‍याउने साझा उद्देश्य रहेको सुनाए ।

‘हरर भन्ने विधा केवल त्रास उत्पन्न गर्ने मात्र होइन । यो मानवीय संवेदना, मनोविज्ञान र आत्मचिन्तनको गहिरो आवाज पनि हो,’ उनले थपे– ‘यसले हामीलाई हाम्रो डर मात्र होइन, हाम्रो अस्तित्व र चेतनासँग जुध्न पनि सिकाउँछ ।’

कार्यक्रममा वरिष्ठ निर्देशक तुलसी घिमिरेले महोत्सवको महत्वको विषयमा प्रकाश पारेका थिए । ‘हेलोविन डे’ को अवसर पारेर सुरु भएको महोत्सव नोभेम्बर २ (१६ कात्तिक) सम्म चल्नेछ । महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुनेछन् ।

film fastival (2)

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार विश्वभरबाट प्राप्त १०० भन्दा बढी फिल्ममध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताको आधारमा यी फिल्महरू छनोट गरिएको हो । फिल्मको आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म फिल्म फ्री वेमार्फत गरिएको थियो ।

महोत्सवमा सहभागी फिल्महरूबिच प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिनेछ ।

महोत्सवको सुरुवात मिखाइल मज्र्लिकिन निर्देशित फिल्म ‘शमन’बाट भएको छ । महोत्सवको निर्णायक मण्डलमा फोटोग्राफर राजभाइ सुवाल, फिल्म समीक्षक होसाम फाह्मी, र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन् ।

यस्ता छन् सहभागी फिल्म- 

यो पनि पढ्नुहोस्

चलचित्र ‘गोबर गणेश’

चलचित्र ‘गोबर गणेश’

१० घण्टा अगाडि
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक