काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाहिर निकालिनुपर्ने अभिव्यक्ति दिएका छन् ।
शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको बैकल्पिक शक्तिसँगको बृहत् संवादका क्रममा उनले अहिले अवस्थामा वैकल्पिक शक्तिहरुको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने जनाएका हुन् ।
उनले रवि लामिछानेको नेतृत्वमा सबै नयाँ शक्ति मिल्नुपर्ने र पुरानारिुद्ध चुनावमा जानुपर्ने जनाए । ‘रविमाथि अन्याय भएको छ । रविलाई बाहिर बसेर मुद्दा लड्ने अबस्था सृजना गरिनुपर्छ । रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ ।’ डा. भट्टराईले भने ।
त्यस्तै डा. भट्टराईले रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष भएको र परिपक्क भएर नेतृत्व लिनुपर्ने बताएका छन् ।


