बुटवल । जनमत पार्टीकी प्रदेशसभा सदस्य निलम पासवानले शपथ ग्रहण गरेकी छन्।
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि निर्वाचन आयोगले दलित कोटाबाट पासवानलाई बन्दसूचीमार्फत निर्वाचित गरेको हो। पासवान रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी हुन्।


