बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सेनामाथि ओलीको गम्भीर आरोप

जसले ज्यान बचायो उसैमाथि ओली आक्रामक, सेनाले मोबाइल सिज गरेर हिरासतमा राखेको दाबी

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
सेनामाथि ओलीको गम्भीर आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनामाथि गम्भीर आरोप लगाएका छन् । भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ को समयमा आफ्नो ज्यान बचाउन भूमिका खेलेको सेनामाथि नै ओलीले आक्रामकता प्रदर्शन गरेका छन् । ओलीका अनुसार, सेनाले आन्दोलनपछि उनको मोबाइल फोन सिज गरेर हिरासतमा राखेको थियो, जसलाई उनले ‘राजनीतिक षड्यन्त्र’ बताएका छन् ।
यो घटनाक्रमले नेपाली सेनामाथि तटस्थता र राजनीतिक हस्तक्षेपको प्रश्न उठाएको छ । आन्दोलनको समयमा सेनाले ओलीसहित दर्जनौं नेताहरूलाई सुरक्षित स्थानमा सारेर जोगाएको थियो । तर, ओलीको यो नयाँ दाबीले त्यसबेलाको उद्धारलाई नै संशयको घेरामा पारिदिएको छ ।
भदौ २३ गते सुरु भएको ‘जेन–जी आन्दोलन’ मा तत्कालीन ओली सरकारविरुद्ध चर्को विरोध प्रदर्शन गरिएको थियो । पहिलो दिन जेनजीमाथि सरकारले गोली प्रहार गरेको थियो । दोस्रो दिन प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र आक्रमणका घटनाहरू गरेका थिए । यस्तो अवस्थामा प्रहरी र सशस्त्र प्रहरी अपर्याप्त देखिएपछि नेपाली सेनालाई परिचालन गरियो । सेनाले शान्ति कायम गर्न सहयोग गरेको थियो ।
सेनाका अनुसार, आन्दोलन हुनुभन्दा पहिल्यै नै यसबारे सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई सचेत गराइएको थियो । हालै भएको पत्रकार सम्मेलनमा सेनाका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘हामीले पटक–पटक चेतावनी दियौं । तर, घटनाको स्केल सबैको अनुमानभन्दा बढी भयो ।’ ओलीको बालुवाटार निवासमा आक्रमणको खतरा बढेपछि सेनाले उनलाई उद्धार गरी आफ्नो एउटा ब्यारेकमा राखेको थियो । त्यसबेला पाँच पूर्वप्रधानमन्त्रीसहित करिब सय जना नेता, मन्त्री र कर्मचारीहरू सेनाका विभिन्न ब्यारेकहरूमा सुरक्षित थिए । अधिकांश नेता फर्किए पनि ओलीसहित एक दर्जनजति भने केही दिन ब्यारेकमै रहे ।
यो उद्धारलाई ओलीले पहिले ‘सेनाको साहसिक कदम’ भनेर प्रशंसा गरेका थिए । तर, अहिले उनले त्यही घटनालाई ‘हिरासत’ को रूपमा व्याख्या गर्दै सेनामाथि आरोप लगाएका छन् । ओलीका अनुसार, ब्यारेकमा पुगेपछि उनको मोबाइल फोन सिज गरियो र कुनै सम्पर्क गर्न दिइएको थिएन । यो दाबीले सेनालाई राजनीतिक विवादको घेरामा तानेको छ ।
उनले प्रधानमन्त्रीमा सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै आफूले मोबाइल पाएको सुनाए । आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले भने– मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ । मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो । पछि प्रधानमन्त्रीको शपथग्रहणपछि मात्रै मैले मोबाइल पाएँ ।’ फरक प्रशंगमा अध्यक्ष ओलीले एमालेभित्र नेतृत्वको अभाव नरहेको भन्दै पार्टीभित्र थुप्रै आकांक्षी भएको बताए। उनले पार्टीमा आफ्नो खाँचो देखेको भन्दै उमेर नछेक्ने दाबी गरे । ‘अमेरिकामा ८० वर्षका मान्छे नेतृत्वमा छन् । भारतका प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी जिनफिङसम्मलाई उमेरले छेकेको छैन,’ ओलीको भनाइ छ ।
उनले माओवादी संयोजक प्रचण्डले केही दिन अघि भयानक झुट बोलेको आरोप लगाए । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसबिना प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ । जटिल अवस्थामा मैले त्यो सिफारिस गरेको हुँ,’ ओलीले स्पष्टीकरणमा भने ।
उनले थपे, ‘वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर शान्तिपूर्ण रूपमा फर्काउन आवश्यक रहेकाले यसको समाधान लोकतान्त्रिक प्रणालीभित्रैबा खोज्नका लागि राष्ट्रपतिसमक्ष आवश्यक कदम चाल्न सिफारिस गर्छु भनेर लेखेको थिएँ ।’ ओलीले आफूले लेखेको पत्रमा कतैपनि सुशीला कार्कीको नाम नभएको र प्रधानसेनापतिसहितको उपस्थितिमा आफूले त्यो पत्र लेखेको र त्यसको प्रतिलिपि आफूसँग नभएको बताए ।
उनले संसद् बाहिरबाट प्रधानमन्त्री हुँदै हुन्न भनेर जिकिर नगरेको, तर संसद्कै बैठकबाट त्यो गर्न सकिने बताएको सुनाए । उनले २५ गते एकछिन संसद् बसेर त्यो गर्न सकिने बताएको सुनाए । संविधानको धारा ७६ मा एउटा धारा संशोधन गरेर त्यस्तो गर्न सकिने अवस्था रहेको स्मरण गरे । संविधानभित्रैबाट प्रधानमन्त्री नराखेर संसद्प्रति किन वैरभाव राखिएको भनेर प्रश्न गर्दै उनले जेन–जीको नाममा यस्तो कार्य भएको आरोप लगाए ।
आफूले दुईपटक संसद् विघटन गर्दाको समय पनि सम्झिरहेको भन्दै उनले दुई तिहाईको सरकार चलाउन नसकेर आफूले संविधानअनुसार संसद् विघटन गरेको स्वीकारे । उनले त्यतिबेला चुनावका निम्ति तयार नभएकाहरूले अहिले चुनाव गर्नुपर्छ भन्ने तर्क गर्नु आश्चर्यजनक भएको बताए ।
यद्यपि, ओलीले आन्दोलनपछि नयाँ सरकारलाई पनि ‘तोडफोड र आगजनीबाट बनेको’ भन्दै आलोचना गर्दै आएका छन् । तर, सेनामाथिको यो प्रत्यक्ष आरोप भने पहिलो पटक हो । ओलीका अनुसार, मोबाइल सिज गर्ने काम सेनाको उच्च तहबाट भएको थियो । ‘मलाई सुरक्षाको नाममा ल्याइयो, तर वास्तवमा हिरासतमा राखियो । मेरो फोन सिज गरेर कुनै सम्पर्क गर्न दिइएन । यो राजनीतिक हस्तक्षेपको स्पष्ट उदाहरण हो,’ उनले भनेका छन् ।
नेपाली सेनाले ओलीको आरोपको प्रतिक्रिया दिएको छैन । तर, आन्दोलनबारेको पत्रकार सम्मेलनमा सेनाले आफ्नो भूमिकालाई स्पष्ट पारेको थियो । ‘हामी राजनीति गर्दैनौं । हाम्रो काम संविधानअनुसार शान्ति कायम गर्नु हो,’ सेनाका एक अधिकारीले भने । सेनाले आन्दोलनअघि नै खतरा बढ्न सक्ने चेतावनी दिएको दाबी गरेको छ । तर, मोबाइल सिज गर्ने कुरामा सेनाले कुनै टिप्पणी गरेको छैन । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

९ घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक