काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-१ नौमुलेस्थित नौमुले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका-५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय बिपिन बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ कुमरौल चोक नजिक सडक छेउमा सोही नगरपालिका-५ बस्ने ३६ वर्षीय काजिम कबाडी गए राति मृत अवस्थामा फेला परेका छन् । चितवन, रत्ननगर नगरपालिका-६ हात्ती चोकस्थित होटल पार्क सेन्चुरीमा काम गर्ने सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय राम परियार सोही होटलमा गए राति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


