शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

पाका नेताहरु गम्भीर बन्न जरुरी !

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा अहिले राजनीतिक अस्थिरता छ । जेनजी आन्दोलनका क्रममा देशमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । यो आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको मागलाई उजागर गरेको छ । यसले राजनीतिक दलहरूलाई पनि गम्भीर प्रश्न खडा गरेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्ध अदालतमा रिट दायर गर्ने प्रवृत्ति देखिएको छ । जुन राजनीतिक दल र यससँग सम्बन्धित पक्षको ठूलो गल्ती हो । देशमा चुनावको वातावरण निर्माण गर्नु र निर्वाचनमार्फत स्थिर सरकार गठन गर्नु आजको आवश्यकता हो । त्यतातर्फ राजनीतिक दलका शीर्ष नेताहरुले ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

जेनजी आन्दोलनको पृष्ठभूमि हेर्दा यो युवाहरूको लामो समयदेखिको कुण्ठा र असन्तोषको विस्फोट हो । नेपालमा राजनीतिक अस्थिरता लामो समयदेखि जरा गाडेर बसेको छ । बारम्बारका सरकार परिवर्तन, गठबन्धनको खेल र भ्रष्टाचारले जनता आजित भएका थिए । सोही कारण जेनजी आन्दोलित भए । तर, आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूले दर्जनौंको ज्यान गएको छ, सयौं घाइते भएका छन् र सार्वजनिक सम्पत्तिमा अर्बौंको क्षति भएको छ । यो क्षति केवल भौतिक होइन, सामाजिक र आर्थिक पनि हो । पर्यटन, व्यापार र दैनिक जीवन प्रभावित भएको छ ।

यस्तो अवस्थामा राजनीतिक दलहरूले आत्मचिन्तन गर्नु आवश्यक छ । उनीहरूले परिवर्तनलाई स्वीकार गर्दै युवा नेतृत्वलाई अगाडि सार्नुपर्छ । पाका नेताहरूले आफ्नो अनुभवलाई मार्गदर्शनका रूपमा प्रयोग गर्दै युवाहरूलाई जिम्मेवारी दिनु नै बुद्धिमानी हुन्छ । यसले दलहरूमा नयाँ ऊर्जा भर्नेछ र जनताको विश्वास फर्काउनेछ । प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादीलगायतमा नेतृत्व एकै पुस्तामा सीमित छ । ७० वर्षमाथिका नेताहरूले दशकौंदेखि सत्ता हाँकिरहेका छन् । उनीहरूको अनुभव मूल्यवान छ, तर नयाँ पुस्ताको दृष्टिकोण र ऊर्जाबिना दलहरू जीवन्त रहन सक्दैनन् । जेनजी आन्दोलनले यो कुरा प्रमाणित गरेको छ ।

अब प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्धका कानुनी झमेलामा भन्दा सबै दल मिलेर चुनावको वातावरण बनाउनुपर्छ । निर्वाचन आयोगलाई मजबुत बनाउने, सुरक्षा व्यवस्था सुनिश्चित गर्ने र जनतालाई निर्भीक मतदानको अवसर दिनुपर्छ । चुनावले मात्र स्थिर सरकार दिन सक्छ । विगतमा पनि निर्वाचनपछि बनेका सरकारहरूले केही स्थिरता दिएका थिए । जेनजीको अपेक्षा पनि यही हो– एक स्थिर सरकार जसले विकासलाई प्राथमिकता दिन्छ। उनीहरूले चाहेको सरकारले रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र, पर्यावरण संरक्षण र समावेशी विकासमा जोड दिन्छ । यदि चुनावबाट यस्तो सरकार बन्छ भने आन्दोलनको ऊर्जा सकारात्मक दिशामा मोडिन सक्छ । चुनावमार्फत स्थिर सरकार गठन गरेर देशलाई नयाँ दिशा दिन सकिन्छ । राजनीतिक दलहरूले यो जिम्मेवारी वहन गरेमा नेपालको भविष्य उज्ज्वल हुनेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

३६ मिनेट अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक