सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ठगी गरेको प्रकरणमा मुछिएका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
ठगी गरेको प्रकरणमा मुछिएका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवप्रसाद श्रेष्ठले उनलाई मंगलबार राति पक्राउ गरिएको पुष्टि खबरहबलाई गरे ।

‘अहिले अपरेशन चलिरहेको छ । भट्टचनलाई हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ’, उनले भने, ‘कार्यालयबाट खटिएको टोलीले कागजपत्रसमेत जफत गरिरहेकाले यसबारेमा भोलिमात्रै विस्तृत जानकारी उपलब्ध हुनेछ ।’

बैंक, हेलिकप्टर, सहकारीसहित कयौँ व्यापारिक संस्था चलाइरहेको प्रभु ग्रुपको त्यस कम्पनीमाथि रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्ट प्रालिले कम्तीमा पनि १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा छानबिन चलिरहेको थियो ।

त्यसबेला प्रभु म्यानेजमेन्टका अध्यक्षमा उनै देवीप्रसाद भट्टचन थिए। भट्टचन २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। तर अहिले उक्त कम्पनी कुसुम लामाले सम्हालिरहेकी छन् ।

विदेशबाट आउने रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाइदिने भन्दै प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट रकम लिएको खुलेको छ । तर उक्त रकम फिर्ता नगरेपछि पीडित सहकारीहरूले उजुरी दिएका थिए । एजेन्ट पनि भट्टचनकै कार्यकालमा बनाइएको थियो ।

भट्टचन नेतृत्वको कम्पनीले रकम फिर्ता नगरेको भन्दै गोरखा जिल्लाका सहकारीहरूले संयुक्त रूपमा ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

पीडितहरूले भुक्तानी बाँकी रकम फिर्ताका लागि प्रमुख जिल्ला अधिकारीमार्फत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागमा ज्ञापनपत्र पठाएका थिए ।

प्रभु म्यानेजमेन्टले गोरखास्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २ लाख २२ हजार, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ३ लाख १४ हजार रुपैयाँ, दैनिक उत्थानको १० लाख १० हजार, भीमसेन-८ को सिर्जनशील बचतको १७ लाख २० हजार, भीमकुल बचतको ३ लाख ९२ हजार र सिद्धिगणेश बचतको १ हजार ५ सय रुपैयाँ फिर्ता नदिएको खुलेको थियो ।

सनराइज बचतको १ लाख ५ हजार, सुलिकोट बहुउद्देश्यीय बचतको १३ लाख १३ हजार र ससारी बचतको ५ लाख ८ हजार रुपैया फिर्ता लिन बाँकी थियो ।

उता गोरखकाली बचतको ३ लाख, महिला जागरण बारपाक सुलिकोट बचतको १ लाख १० हजार, गोरखा उद्यमशील बचतको ३ लाख ११ हजार, चम्पावती बचतको ३ लाख ८ हजार, थालाजुङ विकास बहुउद्देश्यीय बचतको २ लाख ४० हजार, सप्तकोशी बचतको २ लाख ४१ हजार र शीतला बचतको २८ लाख ३५ हजार लिन बाँकी रहेको पीडितहरूले बताएका थिए ।

प्रभु म्यानेजमेन्टले देशभर चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको थियो । तर रेमिट्यान्सबापत सहकारीले भुक्तानी गरेको रकम यो कम्पनीले फिर्ता दिएको थिएन। यो कम्पनीले सहकारीहरूको करिब १ अर्ब रकम फिर्ता नदिएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको छ।

अर्कातिर भक्तपुरका १८ वटा सहकारी संस्थाको ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले दिएको थिएन । प्रभु म्यानेजमेन्टले २ वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकेको पीडितहरूको गुनासो थियो ।

प्रभु म्यानेजमेन्ट प्रालि प्रभु समूहकै एक कम्पनी हो । यसले जिल्लास्थित सहकारीलाई एजेन्ट बनाएर रेमिट्यान्स भुक्तानी दिने गर्थ्यो। यो कम्पनीले सहकारीहरूबाट धरौटी पनि लिएको थियो ।

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

१० घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक