काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाल संवतलाई लागू गर्न, नेपालभाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न र निजी विद्यालयमा नेपालभाषाबाट स्थानीय पाठ्यक्रम पठनपाठनको गर्नका लागि सोमवार विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल संवत ११४६ नयाँ बर्षको उपलक्ष्यमा नेवाः देय् दबू कीर्तिपुर नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कीर्तिपुरका नेवाः समुदायका प्रतिनिधिहरुले नेपालभाषालाई कामकाजि भाषाको रुपमा लागू गर्न, नेपाल संवतलाई प्रयोग गर्न र निजी स्कूलमा पनि नेपालभाषाको माध्यमवाट स्थानीय पाठ्यक्रम पठन पाठनको व्यवस्थ गर्नका लागि समुदाय सक्रिय रुपमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
नेवाः देय् दबू कीर्तिपुर नगर समितिया अध्यक्ष बुद्धिलाल ज्यापुको सभापतित्वमा भएको उक्त कार्यक्रमका कीर्तिपुर नगरपालिकाा मेयर कृष्णमान डंगोल प्रमुख अतिथिको रुपा सहभागी भएका थिए । विशेष अतिथिको रुपमा नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य सुनिता, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, एसियाली आदिवासी जनजाति ऐक्यबद्धता कोष कार्यक्रम निर्देशक डा. श्रीकुमार महर्जन सहभागी भएका थिए भने अतिथिको रुपमा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका निर्वतमान अध्यक्ष एवं नेवाः पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल आदिवासी कानून व्यवसायी समाजका अध्यक्ष नरेश श्रेष्ठ, नेवाः देय् दबू काठमाण्डौ जिल्लाका उपाध्यक्ष रामभोला महर्जन लगायत कीर्तिपुर नगरापलिकका शिक्षा समितिका सदस्यहरु, नेवाः देय् दबू कीर्तिपुर नगर समितियका सल्लाहकाहरु, जातीय समाजका प्रतिनिधि, नेवाः प्रथाजन्य संस्था गुथिका प्रतिनिधि, विभिन्न स्कूलका प्रधानाध्यापकहरु, शिक्षक शिक्षिकाहरु समेत सहभागी भएका थिए ।
नेवाः देय् दबू कीर्तिपुर नगर समितिका बरिष्ठ उपाध्यक्ष किशोर नेपालीले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा शिक्षिकाको तर्फवाट शिलकुमारी महर्जनले सुभकामना मन्तब्य राख्नु भएको थियो । कीर्तिपुर नगरपालिकका शिक्षा समिति सदस्य शिक्षक राजेन महर्जनले आफ्नो मन्तब्य राख्ने क्रममा निजी स्कूलमा पनि स्थानीय पाठ्यक्रम स्थानीय भाषामा पठन पाठनको व्यवस्था गर्नका लागि नगरपालिकाले नीतिगत रुपमा निर्णय गर्नुपर्ने बताउनु भयो ।
नेवाः देय् दबू स्वनिगः प्रदेश समितिका निवर्तमान अध्यक्ष पत्रकार एवं आदिवासी अभियन्ता श्रीकृष्ण महर्जनले कार्यक्रमका विषयमाथि प्रकासपादैं कीर्तिपुर नगरपालिकाले निजी स्कुलमा पनि स्थानीय पाठ्यक्रम नेपालभाषामा पठन पाठको व्यवस्था गर्न, नेपालभाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न र नेपाल संवतलाई प्रयोग गर्नका लागि समुदाय जहिले पनि नगरपलिकासंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
आदिवासी कानुनी समाजका अध्यक्ष एवं अधिवक्ता नरेश श्रेष्ठले भाषा, कला संस्कृति र संवत कार्यान्वयन गर्न स्थानीय सरकारलाई कसैले राक्न नसक्ने बताउनु भयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय आदिवासी र कीर्तिपुरको सवाल विषयमा डा. श्रीकृमार महर्जन मन्तब्य राख्दै नेपालमा नै पहिलो पटक सांस्कृतिक संरक्षित क्षेत्र ऐन कीर्तिपुर नगरपालिकाले बनाएकोमा प्रशंशा गर्दै उक्त ऐन कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले स्थानीय सरकार भित्रका स्कूलमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम अध्यापन गर्न, नेपालभाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न र नेपाल संवतलाई लागू गर्न कुनै पनि अप्थ्यारो नभएको बताउदै इच्छा शक्तिको आवश्यकता रहेको बताउनु भयो ।
कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम नेपालभाषामा सार्वजनिक स्कूलमा पठन पाठनको व्यवस्था गर्दै आएको कार्यको प्रशंशा गर्दै देय् दबूको तर्फवाट सम्मान सगं पौ समेत प्रदान गरेको थियो । कीर्तिपुर नगरपालिकाका मेयर डंगोल र उपमेयर शाक्यलाई उक्त सम्मान पत्र प्रदान गरेको हो ।
कार्यक्रममा नेपालभाषा शिक्षक देवआनन्द महर्जन, प्रा.डा. बज्रमुनि बज्राचार्य, कीर्तिपुर माध्यमिक विद्यालयया पूर्व प्रधानाध्यापक निलकण्ठ अमात्य लगायत विभिन्न ब्यक्तित्वहरुले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल र उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले भाषा, कला, संस्कृति, संवत लगायतका सवालमा समुदायसंगसंगै नगरपालिका जानका लागि तयार रहेको बताउनु भयो ।
नेवाः देय् दबू कीर्तिपुर नगर समितिका सचिव अर्जुन नेपाःमिले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम दिकुमारी महर्जनले संचालन गर्नु भएको थियो । कार्यक्रममा कीर्तिपुरका विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सहभागी भएका थिए ।


