बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन निर्देशन दिनुभएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले आजबाट काम थाल्ने भएको छ ।

अवैध संरचना पहिचान गरी नक्साङ्कन गर्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका, नापी र मालपोत कार्यालयका प्रतिनिधि धोबीखोला करिडोरमा खटिने भएका छन् । तथ्याङ्कअनुसार धोबीखोला करिडोरमा १ सय ८६ रोपनी ६ आना र वागमतीमा २ सय ६४ रोपनी १ आना जग्गा अतिक्रमण भएको अनुमान छ ।

सोही आधारमा प्राधिकरणले नापी कार्यालय चाबहिल र डिल्लीबजारका साथै मालपोत कार्यालयलाई पत्राचार गरेको जानकारी दिँदै प्राधिकरणका विकास आयुक्त जानुका ढकालले भन्नुभयो– ‘पत्र पठाइसकेका छांै, आजबाट नक्साङ्कन सुरु गरी हडपेको जग्गाको नापजाँच सुरु गर्नेछौं ।’

उहाँका अनुसार कति जग्गा अतिक्रमण भएको छ भन्ने विषयमा यकिन तथ्याङ्क तयार गर्न सरोकारवाला सबै निकायका प्राविधिक टोलीलाई फिल्डमा खटाइने भएको छ । टोलीले दिएको प्रतिवेदन र नक्साङ्कनको आधारमा अवैध संरचना हटाउन सुरु गरिनेछ । धोबीखोलामा कामपाको ४, ५, ७, ९, १० ,११ , २९ र ३० वडाको केही भाग परेको छ भने बूढानीलकण्ठ नगरपालिकाको २, ८, ९, १० ११ र १३ वडाको केही क्षेत्र परेको छ । प्राधिकरण जिल्ला आयुक्त कार्यालयले धोबीखोलाको सिमानामा पर्ने काठमाडौं र बूढानीलकण्ठको सबै वडालाई सहजीकरण गर्न पत्र पठाइसकेको छ ।

सहरी विकासमन्त्री घिसिङले एक साताअघि सरकारी जग्गा हडपेर बनाइएका अवैध संरचना तत्काल हटाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशनको आधारमा प्राधिकरले अवैध संरचना हटाउने कार्य थालेको हो । अतिक्रमण गरेको जग्गा नेतादेखि विभिन्न संघसंस्था र व्यक्तिले हडपेको पाइएको छ ।

प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंले धोबीखोला कोरिडोर क्षेत्रको दायाँ बायाँ रहेका सरकारी तथा सार्वजनिक र पर्ति जग्गासम्बन्धी छानबिनको कार्य अगाडि बढाइएकोमा आज मंगलवारका दिनदेखि फिल्ड सर्वेक्षण चालू हुने हुँदा एकजना प्रतिनिधि खटाई आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको छ । जिल्ला आयुक्त सुनिता श्रेष्ठले डिल्लीबजार र चाबहिलको नापी र मालपोत कार्यालयलाई पत्र पठाउनुभएको हो । आयुक्त कार्यालयले गत कार्तिक ९ गते पत्र पठाएर त्यसको दुई दिनपछि आजबाट कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।

फिल्ड सर्वेक्षण गर्न स्थानीय तह, प्राधिकरणबाट अमिन, नापी र मालपोत कार्यालयका कर्मचारीको सहभागिता रहनेछ । अधिकांश नेता, व्यापारी र प्रभावशाली व्यक्तिले जग्गा अतिक्रमण गरेको प्रतिवेदन मन्त्रीसमक्ष पुगेको छ । सोही आधारमा मन्त्री घिसिङले अतिक्रमण गरेको सरकारी जग्गा संरक्षण गर्न र अवैध संरचना तत्काल भत्काउन प्राधिकारणलाई निर्देशन दिएको हो ।
प्राधिकरणले धोबीखोलाको १२ मिटरको सीमाङ्कनमा रहेको जिकिर गर्दै दायाँबायाँ ९–९ मिटर सीमाङ्कन कायम गरी नापजाँच हुने जनाएको छ । अवैध संरचनाका बारेमा केही दिनभित्रै जानकारी हुने उल्लेख गर्दै आयुक्त ढकालले त्यसपछि भत्काउन सुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुरुमा सीमाङ्कन गर्नेछांै, त्यसपछि थप कारबाही प्रक्रिया अघि बढाउनेछांै ।’

यसअघिका मन्त्रीले अवैध संरचना खाली गर्ने र सरकारी जग्गा संरक्षण गर्ने विषयमा खासै चासो नदेखाएपछि मन्त्री घिसिङ आफंै एक्सनमा उत्रिनुभएको छ । उहाँका अनुसार खोलाले धार परिवर्तन गरिसकेको अवस्थामा केही बनेका संरचनालाई कसरी भत्काउने भन्ने विषयमा अलमल परेको छ । धोबीखोलाको मुहानदेखि अन्तिम बिन्दुसम्म अतिक्रमण भएको जानकारी मन्त्रीसँग पुगेको छ । धोबीखोला वागमती नदीको सहायक खोला हो । बूढानीलकण्ठको मुहान पोखरीबाट सुरु भई यूएन पार्कमा वागमती दोभानमा मिसिन्छ । मन्त्री घिसिङले वागमतीको पनि अतिक्रमित जग्गा खाली गर्न वागमती सभ्यतालाई निर्देशन दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक