बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । सांस्कृतिक एकताको पर्व भनेर छठ पर्वको छुट्टै पहिचान छ। मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो।

देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन हुने छ। जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले सोमवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।

कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन, कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।

कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा एक हप्ता देखि निरन्तर पोखरी सरसफाइको काम चलिरहेको र त्यसको कृष्णानगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायत छट्ठघाट व्यवस्थापन समितका पदाधिकारी धिरेन्द्र विक्रम सिंह, विनय शर्मा, अजय गोयल, रामेश्वर गुप्ता (टिल्लु चाचा) निरन्तर अवलोकन गरेका थिए।

छठ घाट व्यवस्थापनका लागि वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले वडा बाट पचास हजार सहयोग गरेको बताए।

सरसफाइ गराउन लगायत अन्य व्यवस्थापनमा वडा सदस्य राहुल मोदनवालको समेत भुमिका अविस्मरणीय रहेको दियो।

उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले छठघाट व्यवस्थापनका लागि एक्काइस हजार नगद सहयोग तथा सरसफाइमा संलग्न कर्मचारी लाई खादामाला लगाई सम्मान गरि एक हजार एकसय बराबरको प्रोत्साहन स्वारूप पुरस्कार समेत दिएका थिए।

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, , वडाध्यक्ष कृष्ण कुमार गुप्ता, तुंगनाथ चौधरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी

पूर्व सांसद अभिषेक प्रताप शाह, पूर्व मंत्री विरेन्द्र कुमार कनोडिया, नगर उप प्रमुख आरती देवी चौधरी लगायतले श्रद्धालु हरूको सांस्कृतिक एकताको पर्व छठमा सामेल भई शुभकामना दिएका छन्।
सुरक्षा व्यवस्था राम्रो बनाउन छट्ट घाटको अवलोकन देखि पुजा स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

९ घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक