आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

आजको दिन नेपालको राजनीतिमा विशेष दिन सावित हुने दाबी

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
आजको दिन नेपालको राजनीतिमा विशेष दिन सावित हुने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरेका छन् ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो जनाएका हुन् ।

उनले (कम्युनिस्ट पार्टी नेपाल) नामक दल दर्ताका लागि निवेदन दिएका छन् । पहिलोपटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको उनको प्रष्टोक्ति थियो ।

‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुँदैछ,’ प्रकाण्डले भनेका छन्, ‘निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।’

झण्डै ११ वर्षदेखि आफ्नो पार्टी देश र जनताको पक्षमा काम गरिरहेको जिकिर गर्दै प्रकाण्डले जनताको चाहनालाई कुनै अवरोध विना फैसला गर्न पाउने विधि भनेको निर्वाचन नै रहेको जनाए ।

‘नेपालको राजनीतिक आन्दोलनमा, परिवर्तनको आन्दोलनमा, क्रान्तिको आन्दोलनमा नयाँ दृष्टिकोणसहित नयाँ नीति अघि सारेर हामीले जनताको आफैं अधिकारको कुरा, जनताको मुद्दाको कुरा, सिस्टमको कुरा, चाहनाको कुरालाई आफैं फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई अवरोधबिना फैसला गर्न पाउने विधि भनेको निर्वाचनको विधि हो,’ प्रकाण्डले भने, ‘हाम्रा विगतका आफ्ना अनुभव नयाँ पनि छन् । अहिलेको आवश्यकतालाई नीतिलाई जनताको माग अनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्नेछ ।’

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

७ घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक