सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भड्किएको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका ५३ जनाका परिवारलाई राहत उपलब्ध

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
भड्किएको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका ५३ जनाका परिवारलाई राहत उपलब्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले जेन–जी पुस्ताले २३ भदौमा गरेको आन्दोलनमा राज्यपक्षबाट भएको दमनमा ज्यान गुमाएका र त्यसको भोलिपल्ट २४ भदौमा भड्किएको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका ५३ जनाका परिवारलाई राहत उपलब्ध गराएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको हो।

कारागार फोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट मृत्यु भएका र शवको पहिचान नखुलेका मृतकका परिवारलाई भने राहत दिइएको छैन। गृह मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको छ। गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार कारागारबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएका कैदीबन्दी वा थुनुवा र शवको पहिचान नखुलेकालाई राहत उपलब्ध गराइएको छैन।

आचार्यले भने, ‘यसबाहेक २३ र २४ भदौमा ज्यान गुमाउने मृतकका परिवारलाई प्रति मृतक १५ लाखका दरले राहत उपलब्ध गराउने गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको थियो। अर्थले सोही बमोजिम रकम निकासा गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारलाई राहत वितरण गरिएको छ।’ गृह मन्त्रालयको पत्रबमोजिम जेन–जी आन्दोलनमा मारिएका ५३ जनाका परिवारलाई ‘सहिद सरह’ राहत उपलब्ध गराइएको हो। तीमध्ये २३ भदौको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका, उपचारका क्रममा मृत्यु भएकासहित २४ भदौमा फैलिएको हिंसात्मक प्रदर्शनमा मारिएका परिवारहरू पर्छन्। गृह मन्त्रालयका अनुसार, पहिचान नखुलेका बाँकी मृतकमध्ये कसैको आन्दोलनकै क्रममा ज्यान गएको हो भन्ने खुलेमा त्यसबेला उचित निर्णय गरिनेछ।

प्रहरी तथ्यांकअनुसार जेन–जी आन्दोलन र त्यसपछिका हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। तीमध्ये २३ भदौमा काठमाडौं र सुनसरीमा २२ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट २४ भदौमा र उपचारका क्रममा थप केहीको ज्यान गएको थियो। कारागार वा बन्दीगृहबाट भाग्ने क्रममा १० जना कैदीबन्दीले ज्यान गुमाएका थिए भने प्रदर्शनकारीको कुटाइबाट ३ जना प्रहरी पनि मारिएका थिए। काठमाडौं, विराटनगर र इटहरीका भाटभटेनी भवनहरूमा आगलागीपछि जलेर पहिचान गर्न नसकिने अवस्थामा शव फेला परेका थिए। हालसम्म १३ जनाको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

४० मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

बालेन, लामिछानेसहितका नेताहरू आज जनकपुर जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक