सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपालले दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल्दै

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालले दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ ।

खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।

त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

प्रशिक्षक न्यौपानेले लामो यात्राले गर्दा पहिलो खेलमा असर परेको र दोस्रो खेलका लागि तयार भएको बताएका छन् । ‘पहिलो खेलमा लामो यात्राले गर्दा असर देखियो । अहिले हामी अभ्यस्त भइसकेका छौँ,’ न्यौपानेले भनेका छन्, ‘भारत राम्रो प्रतिद्वन्दी हो र हामी हरेक सेकेण्ड फोकस गरेर खेल्छौँ । हाम्रो लक्ष्य भारत विरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौँ ।’

यस्तै कप्ता सावित्राले पहिलो खेलमा इरान विरुद्ध दोस्रो हाफमा १० मिनेट मिसब्यालेन्स हुँदा गोल खान पुगेको र त्यो गल्तीलाई सुधार गर्दै भारत विरुद्ध खेल्ने बताइन् । ‘अस्तीको म्याचको गल्तीहरुलाई कम गरेर भारत विरुद्ध खेल्नेछौँ । यो साउथ एसियन फुटबलको प्रतिष्ठाको लडाईँ हो र हामी त्यसका लागि तयार छौँ र जित्नकै लागि खेल्छौँ ।’ उनले भनिन् । ‘भारत एसियन कपका लागि छनोट भएकोले उच्च मनोबल छ । घरेलु मैदान र दर्शकको साथ छ र टिम पनि राम्रो छ ।’

यसअघि नेपालले सन् २०१९ मा भारतलाई भारतकै भूमिमा पराजित गरेको थियो । फेरि एक पटक भारतलाई उसैको भूमिमा हराउने अवसर नेपाल सामु आएको छ । यस्तै शिलोङमा नेपालले भारतसँग तेस्रो पटक खेल्दैछ । यसअघि सन् २०१६ मा भएको साउथ एसियन गेम्सको लिग चरणमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । तर फाइनलमा नेपाल भारतसँगै ४-० ले पराजित भएको थियो ।

भारत विरुद्ध विगत

महिला फुटबलमा नेपालका लागि भारत चिरपरिचित प्रतिद्वन्दी हो र नेपालले अहिलेसम्म सबैभन्दा धेरै १८ खेल भारत विरुद्ध नै खेलेको छ । त्यसका साफ च्याम्पियनसिप देखि अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलहरु समेत छन् ।

हेड टु हेडमा हेर्दा भारत धेरै अघि रहेपनि पछिल्ला खेलहरुमा भने भारत विरुद्ध नेपालको प्रदर्शन राम्रो छ । पछिल्लो चार खेलमा नेपाल भारत विरुद्ध अपराजित छ । सन् २०१९ मा पोखरामा भएको १३औं साउथ एसियन गेम्सको फाइनलमा भारतसँग २-० ले पराजित भएयता नेपाल चार खेलमा अपराजित छ ।

त्यसमा भारतमै भएको दुई मैत्रीपूर्ण खेल अनी नेपालमा भएको साफ महिला च्याम्पियनसिप थियो । सन् २०२३ फेब्रुअरीमा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग बराबरी खेलेको थियो । पहिलो खेल २-२ को बराबरीमा सकिँदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसअघि सन् २०२२ मा काठमाडौंमा भएको साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो । यस्तै सन् २०२४ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि नेपालले भारतलाई सेमिफाइनलमा पराजित गरेको थियो । निकै तनावपूर्ण र विवादित बनेको उक्त खेलमा निर्धारित सयममा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४-२ ले पराजित गरेको थियो । एक गोलले पछि परेको अवस्थामा सावित्राले नै गोल गर्दै नेपालले खेलमा पुनरागमन गर्दै बराबरी गरेको थियो । गोलपछि सावित्राले जर्सी फुकालेर आइकोनिक सेलेब्रेसन समेत गरेकी थिइन् ।

यस बाहेक सन् २०१९ फेब्रुअरीमा भारतमै भएको हिरो गोल्डकपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो ।

कप्तान सावित्राका लागि भारत प्रिय प्रतिद्वन्दी समेत हो । नेपालले भारत विरुद्ध अहिलेसम्म १२ गोल गर्दा सावित्राले एक्लै ७ गोल गरेकी छन् ।

नेपाल र भारतबीच अहिलेसम्म समग्रमा १९ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले पेनाल्टीसुटआउटसहित ३ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो ।

फाइनल तस्बिर

यो पनि पढ्नुहोस्

रिफ्युलिङ प्रणालीको शुभारम्भ

एन्फाको निर्वाचन रोक्न आदेश जारी

१८ घण्टा अगाडि
थाइल्यान्डमा क्रेन खस्दा २२ जनाको मृत्यु

भारतमा हुने टी–२० विश्वकपका खेलहरू नखेल्ने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक