काठमाडौं । सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूलाई आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ प्रदान गरेको छ।
यो कार्यक्रमले सामसुङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई चिन्हित गरेको कम्पनीले जनाएको छ।
आफ्नो दूरदर्शी व्यावसायिक अन्तर्दृष्टिका लागि परिचित शार्कहरूले सामसङको अर्को पुस्ताको फोल्डेबलहरूलाई परिभाषित गर्ने क्रान्तिकारी डिजाइन, कार्यसम्पादन र एआई संचालित सुविधाहरूको अन्वेषणका हुन्।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वास व्यक्त गरे।
नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक भएको उनको भनाइ छ। ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याउँछ ।
यस साझेदारीले सामसङ नेपालको सिर्जनाकर्ता, नवप्रवर्तक र उद्यमीहरूलाई सशक्त पार्ने कम्पनीले बताएको छ।


