आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन–जी आन्दोलनका नाममा नेताहरुमाथि भएको प्रहारको हिसाब–किताब हुने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
जेन–जी आन्दोलनका नाममा नेताहरुमाथि भएको प्रहारको हिसाब–किताब हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेन–जी आन्दोलनका नाममा नेताहरुमाथि भएको प्रहारको हिसाब–किताब हुने जनाएका छन् । नेपाल तरुण दल स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टीका कार्यलय र नेताहरुको घर जलाउने र आक्रमण गर्नेहरुलाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारालई आग्रह गरे । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा केही सरकारमा नरहेका दल, राजावादीहरु र केही विदेशी दलालहरुको घुसपैठ रहेको उनले जनाए ।

‘छिटोभन्दा छिटो जति पनि विभिन्न सरकारी संरचनाहरुमा, उद्योगपति, विभिन्न पार्टी कार्यालयहरु र हाम्रा नेताहरुको घरमा पेट्रोल बममार्फत जुन क्षति पुर्याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस् । होइन भने हाम्रा सबै नेताहरुमाथि, पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौं । २४ गतेको आन्दोलनमा यो सरकारमा नरहेको, सरकार बाहिर रहेका केही पार्टी, केही राजावादी, केही विदेशी दलालहरुले हाम्रा नेताहरुमाथि प्रहार गरेको छ । यसको हिसाबकिताब नेपाल तरुणदलले गर्नुपर्छ,’– उनले भने ।

उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन भएर दोषीमाथि कारबाही हुनुपर्ने बताए । तरुण अध्यक्ष गुरुङले अब मुलुकको व्यवस्था जोगाउने र आफ्नो अस्तित्व जोगाउने हो भने त्यस्ता तत्वका विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए । आगामी दिनमा कुनै पनि वादीहरुले गर्ने आन्दोलनका त्यस्ता प्रकारका हर्कत भएको खण्डमा चुप लागेर नबस्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरुको विरुद्धमा सडकमा भिड्ने नै हो । यो भन्दा अर्को विकल्प नै छैन । आउने दिनमा कुनै पनि वादीहरुले गर्ने आन्दोलनहरुमा नेपाल तरुण दल सजक रहने छ । तयारी अवस्थामा रहन पनि साथीहरुलाई हामी आग्रह गर्न चाहन्छौं,’– उनले भने ।

साथै, अहिलेको यो विषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि उनले अग्रज नेताहरुलाई आग्रह गरे । उनले भने, ‘यो घडीमा हामी युवाहरु हाम्रा नेताहरुलाई हामी आग्रह गर्न चाहन्छौं– अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि हामी आग्रह गर्न चाहन्छौं ।’

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक