मङ्ल, माघ ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चार जना नयाँ मन्त्री नियुक्त

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
चार जना नयाँ मन्त्री नियुक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रीमण्डल विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छिन्। उनीसँगै युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पनि शपथ लिएका छन्।

डा.  शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।

उनी २०६२/०६३ को जनआन्दोलनमा अध्यक्ष भएकी हुन् उनी । उनले चिकित्सकलगायत प्रोफेसनलहरुको संस्था ‘पापड’को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन्।

स्वास्थ्य सचिवका रुपमा उनले पूरा कार्यकाल बिताइनन् । तत्कालीन स्वास्थ्य मन्त्रीहरु उमाकान्त चौधरी र राजेन्द्र महतोको अनुचित हस्तक्षेपको विरोध गरिरहिन् । सचिवका रुपमा राजनीतिक नेतृत्वसँग लामो समय द्वन्द्व गर्न उचित नदेखेपछि राजीनामा गरेकी हुन्। उनले यी विषयमा ‘सिंहदरबारको घुम्ने मेच’नामक आफ्नो संस्मरणमा संघर्षहरु सविस्तार प्रस्तुत गरेकी छिन्।

उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ मात्र नभई जन स्वास्थ्य विज्ञ पनि हुन्। उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छिन्।

डा. शर्मा युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गाइनोकोलोजिस्ट्सकी फेलो हुन् र जन स्वास्थ्यमा स्नातकोत्तर गरेकी छन्। उनले नेपाल चिकित्सक संघका साथै  नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग), दक्षिण एशियाली महासंघको अध्यक्ष र एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।

महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वमेन अफ द इअर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन्।

यस्तै, उनले विभिन्न संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरेकी छन्। प्रसूति गृह (परोपकार मेटरनिटी अस्पताल)की निर्देशक र प्राध्यापकको रूपमा पनि सेवा गरेकी उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

त्यस क्रममा उनले  हेल्थ सेक्टर स्ट्राटेजिक प्लान, राष्ट्रिय पोषण रणनीति, बिग रिजल्ट नाउ इनिसिएटिम र ग्लोबल फाइनान्सिङ फ्यासिलिटीका लागि समेत योगदान पुर्याकएकी थिइन्।

हालै उनले स्वास्थ्य मन्त्रालय/ डीएफआईडीका लागि सल्लाहकारका रूपमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्व गरेकी छिन्।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक