काठमाडौं जिल्ला प्रशासन कार्यालयले जन्मेको १० बर्षपछि ०६३ साल चैत १० गते शनिवारको नक्कली जन्मदर्ताका आधारमा बनाइदिएको नक्कली नागरिकताको सिफारिस जनाउने ढड्डा भदौ २४ को आगलागीमा डढाइएको छ तर काठमाण्डौ महानगरपालिकाले सो सिफारिस आफूले नगरेको पत्र काठमाण्डौ प्रहरी परिसरलाई पठाएको बुझिएको छ । अर्थात तेन्जिङ्गलाई नागरिकता दिलाउन टेकिएको आधार नै गलत ठहरिएको छ । यसवारे सोध्दा उनले आमाले के,कसरी सिफारिस बनाइदिनुभयो आफू जानकार नरहेको बयान दिएका छन् ।
स्रोतका अनुसार तेन्जिङ्गले सोही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाइसकेका छन् । सोही राहदानी बोकेर उनी अष्ट्रेलिया जाने तयारीमा थिए ।
यसबाट नेपालमा लुकिछिपी बसेर कर्मचारीलाई घुस खुवाउँदै नेपाली नागरिकता फुत्काउने र छिमेकीविरोधी गतिविधि सन्चालन गर्ने मात्र नभई शरण दिने देशमै बिध्वँश मच्चाउन उध्यत पात्रहरु नेपालभित्र हज्जारौंको संख्यामा रहेको र तिनीहरूबाट कोही पनि सुरक्षित नरहेको प्रमाणित भएको छ ।
यसरी नागरिकता र राहदानी फुत्काउने प्रत्येक शंकास्पद पात्र र घुसमा बिक्ने कर्मचारीमाथि कडा कार्वाही नगरे देशले अझै महङ्गो मूल्य चुकाउनु पर्ने पक्का छ । आज निज समातिएको ७ दिन पुगेको छ । २५ दिनभित्र अनुसन्धान सकाएर अदालतमा मुध्दा बुझाइसक्नुपर्ने म्याद रहन्छ । जेनजीका नाममा बनेको वर्तमान सरकारले अनुग्रहित हुँदै यस्ता देशघाती पात्रप्रति उदारता देखायो भने,न्यायाधीशहरुले पहिले झैं यी प्रकरणमा पनि मन कमलो बनाइदिए भने चाहिँ फेरि पनि अदालत डढ्ने खतरा टड्कारो देखिन्छ ।


