काठमाडाैं । नेपाल वायुसेवा निगमको काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं सेक्टरको नियमित उडान तालिका बमोजिम १६ अक्टोबर २०२५ को काठमाडौं-ग्वाञ्जाओ उडान ग्वाञ्जाओको स्थानीय समय अनुसार विहानको ठिक ५ बजे २७ नेपाली नागरिक, २९ जना चिनियाँ, ६१ जना भारतीय र अन्य २२ देशका १११ जना विदेशी नागरिक सहित कुल १३८ (६ जना विजनेस क्लास र १३२ इकोनोमी) जना यात्रुहरु सहितको नियमित उडान आरए–४१७ उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
त्यसै गरि १७ अक्टोबर २०२५ को ग्वाञ्जाओ-काठमाडौं उडानमा कुल ७८ जना यात्रुहरुसहित उडान आरए–४१८ सफल रुपमा काठमाण्डौ अवतरण भएको छ । यसैगरि आगामी २३ अक्टोबर २०२५ को काठमाडौं-ग्वाञ्जाओ उडानको बुकिङ्ग फुल अकुपेन्सी भइसकेको र २४ अक्टोबर २०२५ को ग्वाञ्जाओ-काठमाडौं उडानमा पनि पुरा यात्रुसहित उडान भर्ने विश्वास निगमले लिएको छ ।
यसरी नयाँ सेक्टरको बजार प्रवद्र्धन गर्नको निमित्त निगमले सम्पूर्ण, ट्राभल एजेन्सी, संचार जगत एवम सरोकारवाला निकाय लगायत सवैमा बिनम्र अनुरोध गर्दै निगमलाइ व्यबसायिक उडान सफल बनाउनको लागि सम्पुर्णबाट सहयोगको अपेक्षा निगमले लिएको छ ।
यो काठमाडौं-ग्वाञ्जाओ-काठमाडौ गन्तब्य बर्तमान ब्यबस्थापनको नेतृत्वमा साउदी अरेवियाको दमाम पछिको नया गन्तब्य सुचारु भएको हो ।



