बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशको नेतृत्व गर्न कांग्रेसले जेनजीको माग र उर्जालाई सम्बोधन गर्नुपर्छ : डा. संग्रौला

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
देशको नेतृत्व गर्न कांग्रेसले जेनजीको माग र उर्जालाई सम्बोधन गर्नुपर्छ : डा. संग्रौला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् ।
शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरुको माग र भावना अनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् ।
‘हालै, नेपाली कांग्रेसका जेनजी  युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित ९ बुँदे अपिल सार्वजनिक गरेका छन्। उहाँहरूको यो अपिल, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो। उहाँहरू भन्नुहुन्छः ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ।यो आह्वानलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ,’ उनले भनिन् ।
डा.संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखिसकेकाले अब मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।
‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सक्नु भएको छ । उहाँहरुको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंगसिर महिनाभित्रै नियमित १५ औं  महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नु पर्छ। सो महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ, उनको भनाइ छ ।

काँग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एक पटकका लागि आम माफी दिन समेत उनले प्रस्ताव गरिन् ।
त्यस्तै उनले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुकअर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले  निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा राखिन् ।
उनले मुलुकको परराष्ट्र नीति बलियो हुनुपर्ने भन्दै हालसम्म अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री नियुक्ति गर्न नसक्नु दुखद् भएको पनि बताइन् । कांग्रेसले काठमाडौँस्थित सबै कुटनीतिक निकायका प्रतिनिधिहरुलाई निम्तो गरेर पार्टीको परराष्ट्र नीतिको बारेमा स्पष्ट पार्न पनि आग्रह गरिन् ।
आदरणीय कार्यवाहक सभापतिज्यू, केन्द्रीय कार्य समितिका पदाधिकारी तथा  सदस्य साथीहरू, जय नेपाल !
आज हामी एक यस्तो महत्त्वपूर्ण मोडमा उभिएका छौँ जहाँ बदलिएको समय र युवाहरूको भावनालाई सम्बोधन गर्नु अपरिहार्य भएको छ। यस केन्द्रीय कार्य समितिको बैठकमा देश र पार्टीको भविष्यलाई दिशानिर्देश गर्ने गहन छलफलको अपेक्षा गर्दछु।
हालै, नेपाली कांग्रेसका जेनजी  युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित ९ बुँदे अपिल सार्वजनिक गरेका छन्। उहाँहरूको यो अपिल, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो। उहाँहरू भन्नुहुन्छः ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ।यो आह्वानलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ।
हामीले स्वीकार गर्नुपर्छ, पूरानै शैली र पूरानै प्रवृत्तिबाट अब कसैले पनि नेतृत्व गर्न सक्दैन। पार्टीलाई आधुनिक, जीवन्त र युवामैत्री बनाउन हामीले आजै दृढ संकल्प गर्नुपर्ने भएको छ।
२००७ साल देखि अहिले सम्म मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेपाली  कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो।  तर हामी अहिले रक्षात्मक स्थितिमा पुगेका छौं।  कांग्रेसलाई अलमलिने छुट छैन।  हामीले व्यापक छलफल गरेर मुलुकलाई निकास दिने पर्छ।  मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा डो(याउन कांग्रेसले नै नेतृत्व लिनुपर्छ।
आदरणीय पार्टी सभापतिले  भावपूर्ण सम्बोधन गर्दै सक्रिय राजनीतिबाट बिश्राम लिएको संदेश दिनु भएको छ।  उहाँको सुस्वास्थ्यको कामना गर्दै पार्टीलाई उहाँले पुराउनु भएको योगदानको म प्रशंसा गर्दछु ।  त्यस्तै यो विषम परिस्थितिमा गहन जिम्मेवारी सम्हाल्नु भएका कार्यवाहक सभापतिज्यूलाई हाम्रो पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु।
अब म संक्षेपमा यस बैठकका एजेन्डाहरुबारे चर्चा गर्न चाहन्छु ।
१. भदौ २३–२४ का घटना, जेन्जी प्रदर्सन र विकसित घटनाक्रम
सर्वप्रथम गत भदौ २३ र २४ गते जेन जी प्रदर्शनका क्रममा जीवन गुमाउनु हुने युवा लगायत सम्पूर्ण नेपालीको आत्माको चीर शान्तिको कामना गर्दै घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। भदौ २३ गतेको दुखद घटना लगत्तै पार्टीले किन सरकारबाट बाहिरिने निर्णय गरेन ? पार्टीले त्यस्तो निर्णय गरेको भए शायद क्षति कम हुने थियो।  खासगरी भदौ २४ का दिन  देशभरि कांग्रेस नेतृत्व र कार्यालयहरुमा, हाम्रा साथीहरुको घर घरमा छानीछानी हमला गरियो। कोइराला निवासदेखि चाक्सीबारीसम्म, सन्त नेता किशुनजीको आश्रमदेखि देशैभरि हाम्रा साथीहरुको घरमा  कसले आगो लगायो ?  छानबिन गरेर दोषी जो कोही पाइए पनि तिनलाई कडा कार्वाहीको माग गर्दछु  ।
युवाहरूको मुख्य मागलाई सम्बोधन गर्दै, हामीले तत्काल ‘आन्तरिक सुशासन आयोग’ गठन गर्नुपर्दछ। यो आयोगले हाम्रा जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै, निश्चित मापदण्डका आधारमा अनुगमन गरी प्रोत्साहन, चेतावनी र कारवाही सिफारिस गर्ने अधिकार राख्नुपर्छ। यसले पार्टीभित्र स्वच्छ छवि र जवाफदेहीता स्थापित गर्न मद्दत पु¥याउनेछ। भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रष्ट प्रतिबद्धता र पूर्ण सहयोग रहनुपर्छ। सुशासनको स्थापना हाम्रो राजनीतिक एजेन्डाको केन्द्रबिन्दु हुनुपर्छ। पार्टीको यौवन फर्काउन, हामीले विधानमा संशोधनको ढोका खोल्नैपर्छ। आसन्न केन्द्रीय समितिको बैठकले पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गर्नुपर्दछ। युवाहरूको उर्जा र दृष्टिकोणलाई पार्टी सञ्चालनमा समावेश नगरी कांग्रेस आधुनिक बन्न सक्दैन।
२.प्रतिनिधिसभा विघटन र फाल्गुन २१ को निर्वाचन
जेनजी आन्दोलनको रापतापमा जुन परिस्थितिमा प्रतिनिधि सभा विघटन गरियो, त्यो हामी सबैले देखेका छौं।  सम्माननीय राष्ट्रपतिज्यूले नै निकै जुक्ति लगाएर संविधानलाई जोगाएको र मुलुकलाई निकास दिएको बताई सक्नु भएको छ। अब मुख्य प्रश्न प्रतिनिधि सभा विघटन संविधान सम्मत थियो कि थिएन भन्ने होइन।  किन झन्डै दुइ तिहाइ बहुमत भएको सरकार सडक आन्दोलन बाट दुइ दिन मै सत्ताच्युत भयो भन्ने हो। फाल्गुण २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुक अर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित  छ। त्यसैले   प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्छ। जेनजी आन्दोलनको ताजा हुटहुटीलाई संस्थागत गर्दै, हामीले यो बैठकद्वारा नवयुवा तथा आम नागरिकलाई मतदाता दर्ता गराउनका लागि ‘भोट रेडी नेपाल अभियान सञ्चालन गर्ने निर्णय गर्नुपर्छ।
३ मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपत्  र पुनर्निर्माण
अहिले मुलुकको शान्ति सुरक्षा अत्यन्तै नाजुक स्थितिमा रहेको छ।  पांच हजार भन्दा बढी कैदी बन्दीहरु अझै फरार छन्।  ठूलो मात्रामा बन्दूक लगायत हातहतियारहरु लुटिएका छन्।  फरार कैदी बन्दीहरु विभिन्न आपराधिक कार्यमा संलग्न भएको समाचारहरु आइरहेका छन्।  भदौ २३ र २४ गतेको  प्रदर्शनमा बल प्रयोग, तोडफोड र आगजनीको गहिरो छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन हामीले सरकारलाई खबरदारी गर्नु पर्छ।  यसले निर्दोषलाई आरोपबाट मुक्ति दिलाउनेछ र विधिको शासनप्रति हाम्रो विश्वासलाई बलियो बनाउनेछ। स्वतन्त्र र निस्पक्ष निर्वाचनको पूर्व शर्त भनेको विना कुनै भय त्रास मतदान गर्न पाउने वातावरणको सुनिश्चितता नै हो।  त्यसको लागि कांग्रेसले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु पर्छ। हालै गएको बाढी पहिरो ले देश भरि नै धनजनको ठूलो क्षति गरेको छ।  म पार्टीको निर्देशन अनुसार इलाम जाँदा पनि त्यहाँ साथीहरुले सम्भाव्य विपदको चर्चा गर्नु भएको थियो।  इलाम लगायत देशैभरि बाढी तथा पहिरो पीडित जनसमुदायलाई राहत तथा पुनस्र्थापनाका लागि तीनै तहका सरका हरुसंग समन्वय गरेर, हाम्रा साथीहरुलाई परिचालन गरेर काम गर्न अनुरोध गर्दछु।
४. १५ औं  महाधिवेशनको कार्यतालिका
देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सक्नु भएको छ।  उहाँहरुको भावनाको सम्मान गर्दै  परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंगसिर महिनाभित्रै नियमित १५ औं  महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नु पर्छ। सो महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ।  तिहार र छठ पर्व लगत्तै सातै प्रदेशमा तीनदेखि पांच दिन लामो चिन्तन शिविर संचालन गरी आगामी दश वर्षका लागि नेपालको शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, परराष्ट्र सम्बन्ध लगायतका विषयमा व्यापक छलफल गरी नेपालको रुपान्तरणको खाका आगामी महाधिवेशनमा प्रस्तुत गर्न पनि म प्रस्ताव गर्दछु।
हाम्रा सबैजसो भ्रात्री संस्थाहरुमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन।  सबैजसो संस्थाहरुमा गुट बन्दी व्याप्त छ। त्यसैले  नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरूलाई नवयुवा जोड्ने नर्सरीका रूपमा पुनःपरिकल्पना र पुनःसंरचना गर्न अपरिहार्य छ। यसका लागि तत्कालै एक कार्य योजना बनाउन  म प्रस्ताव गर्दछु।
५.अनुशासन समितिबाट कारबाहीको सिफारिस सम्बन्धमाः
अनुशासन कुनैपनि संस्थाको आधारभूत तत्व हो।  तर कुनै पनि पूर्वाग्रह राखेर अनुशासनको डण्डा चलाईयो भने त्यसले संस्थालाई कमजोर बनाउँछ।
२०७९ सालमा नेपाली काँग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबै साथीहरुलाई वर्तमान राजनैतिक परिस्थितिमा एक  पटकका लागि आम माफी दिन प्रस्ताव  गर्दछु । त्यस्तै विभिन्न समयमा कारणबस कांग्रेसको मुलप्रवाहवाट वाहिरिएका सबैै साथीहरुलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मुलधारमा आउने आह्वान गर्न पनि म प्रस्ताव गर्द छु।  राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, उदारवाद र समाजवादमा विश्वास गर्न सबै लोकतन्त्रवादीहरु अटाउने ुबिग टेन्टु पार्टीको रुपमा कांग्रेस पार्टीलाई रुपान्तरण गर्न पनि म प्रस्ताव गर्दछु।
६  परराष्ट्र सम्बन्ध ः
नेपालको परराष्ट्र सम्बन्ध अहिले निकै नाजुक अवस्थामा छ।  नेपालले अपनाउदै आएको एक चीन नीति विरुद्ध खुला गतिविधि हुन लागेका आशंकाहरु उत्पन्न भै रहेका छन्।  हाम्रा निकट छिमेकीहरु को हित विपरित काम गरेर हामी शक्ति राष्ट्रको खेल मैदान बन्न चाहदैनौ।  तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीले  बेइजिंगमा रुसी राष्ट्रपति भल्दिमिर  पुटिनसंग आधा घण्टा लामो भेटघाट गरेर फर्केको एक साताभित्रै कसरी सत्ताच्युत हुनु पर्यो, मुलुकले यत्रो क्षति व्यहोर्नु पर्यो, हामीले विश्लेषण गर्नुपर्छ।  अन्तरिम सरकारका प्रधानमंत्री सुशीला कार्कीले सबैभन्दा पहिले गृह, अर्थ र परराष्ट्र मंत्री नियुक्त गर्नु पर्ने थियो, तर सरकारले अहिलेसम्म परराष्ट्र मंत्री नियुक्त गर्न सक्नु भएको छैन।  त्यसैले नेपाली कांग्रेसले काठमाडौँस्थित सबै कुटनीतिक निकायका प्रतिनिधिहरुलाई निम्तो गरेर हाम्रो पार्टीको परराष्ट्र नीतिको बारेमा स्पष्ट पार्न पनि म सुझाव दिन चाहन्छु।
अन्त्यमा,
हामीले हिजो जे ग¥यौं, त्यो इतिहास हो। आजको पुस्ता, जसलाई जेनजी भनिन्छ, उनीहरूको सपना, उनीहरूको इमान्दार आक्रोश र उनीहरूको बदलिने हुटहुटीलाई पार्टीले नसमेटेसम्म नेपाली कांग्रेसले राष्ट्रको नेतृत्व गर्न सक्दैन। जननायक बी पी कोइराला भन्नु हुन्थ्यो–कुनै पनि राजनीतिक दलको मुख्य काम भनेको आम जनताको भावना र चाहनालाई आवाज दिने हो। जुन दिन हामीले जनता जनार्दनको भावनालाई मुखरित गर्न सक्दैनौ, त्यसै दिन देखि हाम्रो औचित्य सकिन्छ।  त्यसैले, व्यक्ति, गुट वा पार्टी भन्दा माथि उठेर समग्र मुलुकको हितका लागि ‘समृद्ध नेपालका अल्गी नयाँ कांग्रेस’ भन्ने नारा लिएर हामी अगाडी बढौं।

हामी सबैले  संकल्प गरौं, ‘हामी बदलिन्छौं र सबै मिलेर देश बदल्छौं।’
धन्यवाद। जय नेपाल ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू

१३ घण्टा अगाडि
मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक