शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्ती इन्जिनियरिंग कलेज, दाङ्गका अध्यक्ष तथा प्रिन्सिपल बेलायतमा सम्मानित

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
राप्ती इन्जिनियरिंग कलेज, दाङ्गका अध्यक्ष तथा प्रिन्सिपल बेलायतमा सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन ।  दाङ्ग घोराही स्थित राप्ती इन्जिनियरिंग कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी तथा प्रिन्सिपल रेशम गिरीलाई  बेलायतमा सम्मानित गरिएको छ।

युनिभर्सिटी अफ ग्रिनिचसंगको सहकार्यमा  कलेज रिडर्सद्वारा ग्रिनिच क्याम्पसमा ‘नेपाल एजुकेशन अवार्ड्स युके २०२५’ आयोजित समारोहमा उक्त सम्मान प्रदान गरिएको थियो।

कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले सो पत्रिकाको १८ वर्षको यात्रालाई स्मरण गर्दै व्यक्तिगत र संस्थागत अवार्डमार्फत नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वहरुलाई अन्तरराष्ट्रियस्तरमा सम्मानित गर्ने प्रयास गर्दैआएको बताए  ।

निर्णायक मण्डल (जुरी) का प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक बहादुर शाक्यले अवार्डका लागि १२० भन्दा बढी नामांकन प्राप्त भएको जानकारी दिए । “हामीले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र नेतृत्व, सामुदायिक संलग्नता र विश्व दृष्टिकोणका आधारमा पुरष्कृत संस्था तथा व्यक्तित्वहरु छनोट गरेका हौं,” उनले भने । यस वर्ष ६२ जना उत्कृष्ट शिक्षाशास्त्री तथा शिक्षकहरू र ३० अग्रणी संस्थाहरूलाई रूपान्तरणकारी नेतृत्वका लागि सम्मानित गरिएको उनले बताए  ।

समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले यी अवार्डहरू नेपाल–बेलायत साझेदारी र साझा मूल्यहरूको उत्सव भएको बताए  । उनले नेपाली विद्यार्थीहरू विश्वस्तरमा प्रतिस्पर्धी बनेका र उनीहरूले ज्ञान सृजना र नवप्रवर्तनमार्फत नेपालको समाज र अर्थतन्त्रको विकासमा योगदान दिइरहेको बताउंदै  नेपाली शैक्षिक संस्थाहरूले युवा पुस्तालाई सक्षम बनाउने काम गरिरहेको जनाए । “गुणस्तरीय शिक्षा प्रदान गरेर यी संस्थाहरूले भविष्यमा दुई राष्ट्रका शैक्षिक संस्थाहरूबीच नयाँ सहकार्यका अवसरहरू सिर्जना गरेका छन्। अनुभव, दृष्टि र सञ्जालको आदानप्रदानले भविष्यको साझेदारीलाई अझ मजबुत बनाउनेछ। म ग्रिनविच विश्वविद्यालयलाई नेपाली विद्यालय र कलेजहरूसँग सहकार्यको नयाँ अध्याय सुरु गरेकोमा प्रशंसा गर्न चाहन्छु,” राजदूत घिमिरेले भने ।

कार्यक्रममा नेपालभरिका विभिन्न उत्कृष्ट कलेज तथा शिक्षण संस्थाहरुलाई शैक्षिक उत्कृष्टतासंग सम्बन्धित विभिन्न क्याटगरीमा अवार्ड प्रदान गरिएको थियो। त्यस्तै उक्त समारोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा सुवर्ण लाल बज्राचार्य, सोही विश्व विद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादव, प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरी, एन-प्याब्सनका अध्यक्ष सुवाश न्यौपाने, बीबीसीका पूर्व पत्रकार भगीरथ योगी, द ब्रिटिश कलेजका निर्देशक राजेन कंडेल लगायतलाई सम्मान गरिएको थियो।

समारोहमा   डा. शैलेन्द्र गिरी (अध्यक्ष, राप्ती इन्जिनियरिङ कलेज, घोराही, दाङ) लाई विश्वस्तरीय शैक्षिक उत्कृष्टता पुरस्कार र रेशम गिरी (प्राचार्य, राप्ती इन्जिनियरिङ कलेज, घोराही, दाङ) लाई वर्ष २०२५ का उत्कृष्ट प्राचार्य पुरस्कार प्रदान गरिएको थियो। हालै राप्ती इन्जिनियरिङ कलेज, घोराही, दाङका अध्यक्ष डा शैलेन्द्र गिरीलाई सूचना प्रविधि क्षेत्रमा उनको योगदानको कदर गर्दै  एसियाका १०० जना उत्कृष्ट वैज्ञानिकहरुको सूचीमा समावेश गरिएको थियो।

पूर्वी लन्डनमा आयोजित समारोहमा  भोजराज न्यौपाने (प्राचार्य, डिभाइन टेम्पल एकेडेमी, तुल्सीपुर, दाङ) र दीप बस्नेत (संथापक तथा प्रबन्ध निर्देशक, संस्कार पाठशाला, तुलसीपुर, दाङ्ग) लाई वर्षका उत्कृष्ट प्राचार्य पुरष्कार,  सुरेन्द्र जीसी (मुख्य कार्यकारी अधिकृत, ज्ञान ज्योति फाउन्डेशन, तुल्सीपुर, दाङ) लाई उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत पुरस्कार र   प्रकाश श्रेष्ठ (प्रबन्ध निर्देशक, डिजिटल पावर सोलुसन, तुल्सीपुर, दाङ) लाई वर्ष  आईटी उद्यमी पुरस्कार   प्रदान गरिएको थियो।  यसै गरी काठमाडौं वर्ल्ड स्कूललाई  वर्षको उत्कृष्ट विद्यालय पुरस्कार; ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई  उत्कृष्ट प्लस टु व्यवस्थापन कलेज पुरस्कार;  हिमाल इन्टरनेशनल कलेज, बसुन्धरालाई शैक्षिक उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।

यसै गरी विरञ्जी गौतम (क्याम्पस प्रमुख, कालिका बहुमुखी क्याम्पस, पोखरा) लाई उत्कृष्ट क्याम्पस प्रमुख पुरस्कार;  डा. मिथिलेश कुमार झा (अध्यक्ष, काठमाडौं वर्ल्ड स्कूल, सूर्यविनायक, भक्तपुर) र  डा. भोजराज पन्त (प्राचार्य, ब्रिक्सटन कलेज, महेन्द्रनगर, कञ्चनपुर) लाई  लाई लाइफटाइम अचिभमेन्ट अवार्ड; डा. निशा भट्ट तिवारी (सल्लाहकार, ब्रिक्सटन कलेज, महेन्द्रनगर, कञ्चनपुर) लाई शैक्षिक उत्कृष्टता पुरस्कार; डा. रमेश अधिकारी (प्राचार्य, साउथवेस्टर्न स्कूल, बसुन्धरा, काठमाडौं) लाई उत्कृष्ट प्राचार्य पुरस्कार;  शशिकला खड्का (निर्देशक, मनास्लु वर्ल्ड स्कूल, चाबहिल, काठमाडौं) लाई  महिला शैक्षिक नेतृत्व पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा रिडर्स पत्रिकाका कार्यकारी सम्पादक केशव नेपालले युकेको शैक्षिक परम्परा र सयौं वर्ष पुरानो सभ्यताबाट नेपालले सिक्न सक्ने कुरा थुप्रै रहेको बताउंदै अहिले नेपाली शिक्षा क्षेत्रले पनि विश्वस्तरमा पहिचान बनाउँदै गएको बताए  ।

युनिभर्सिटी अफ ग्रिनिचकी कार्यकारी निर्देशक (मार्केटिङ र विद्यार्थी सम्बन्ध) क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थाहरूसँग दीर्घकालीन साझेदारीका लागि आफ्नो विश्व विद्यालय उत्सुक रहेको बताइन् । समारोहको अन्त्यमा  कलेज रिडर्सका अध्यक्ष भवानी पौडेलले सबैलाई धन्यवाद दिनु भयो।

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

२ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक