शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युद्ध अन्त्य गर्नेप्रति पूर्ण प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
इजरायली बन्धकलाई मुक्त गर्न सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जेरुसेलम । इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकहरूको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्‍याएको छ ।

टर्कीले हमासको अनुरोधमा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोजीका लागि विशेषज्ञ टोली पठाएको छ । यो सहयोगलाई युद्धपछिको मानवीय उद्धार कार्यमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले हालसम्म २० जना जीवित बन्धक र २८ जना मृतकमध्ये नौ जनाको अवशेष फिर्ता गरेको छ । एउटा अतिरिक्त शव भने इजरायली अधिकारीहरूले ‘पूर्व बन्धकको नभएको’ बताएका छन् ।

बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ र सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि सुरु गरिएको सैन्य अभियान रोकेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ‘सबै बन्धकको फिर्ती सुनिश्चित गर्ने दृढता’ दोहोर्‍याए । उनका रक्षामन्त्रीले चेतावनी दिँदै भने, “यदि हमासले सम्झौता तोड्यो भने सेनाले पुनः आक्रमण सुरु गर्नेछ ।”

त्यसै दिन हमासले पनि सम्झौता कार्यान्वयनमा आफ्नो अटल प्रतिबद्धता दोहोर्‍याउँदै बाँकी शवहरू फिर्ता गर्ने तयारीमा रहेको बतायो । तर समूहले ध्वस्त भवनहरू, बम प्रहारका भग्नावशेष र सुरुङहरूमा गाडिएका शवहरू निकाल्न समय लाग्ने चेतावनी दिएको छ ।

टर्कीले यस उद्धारका लागि दर्जनौँ प्रकोप राहत विशेषज्ञहरू गाजामा पठाएको छ । यद्यपि इजरायली मृतकका परिवारहरूले प्रियजनहरूको अवशेष फिर्ता गर्न ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बन्धक परिवारहरूको मुख्य अभियान समूहले इजरायल सरकारलाई ‘हमासले आफ्नो दायित्व स्पष्ट रूपमा उल्लङ्घन गरिरहेको अवस्थामा सम्झौताका थप चरण रोक्न’ आग्रह गरेको छ ।

हमासले भने आफैँले ‘वास्तविक उत्खनन कार्य’ गरिरहेको दाबी गर्दै युद्धपछिको कठिनाइ औँल्याएको छ । ट्रम्पले पनि धैर्यको आह्वान गर्दै भने, “यदि हमासले निर्दोष मानिसहरूलाई मारिरह्यो भने हामीसँग बल प्रयोग बाहेक विकल्प छैन ।”

युद्धविरामपछि इजरायली सेनाको आंशिक फिर्ती भएपछि, हमासले गाजामा आफ्नो नियन्त्रण बलियो बनाउँदै आएको छ । केही क्षेत्रमा प्रतिशोध र दमन सुरु भएको र सडकमा कथित इजरायली सहयोगीलाई मृत्युदण्ड दिइएको रिपोर्टहरू आएका छन् ।

गाजामा विभिन्न सशस्त्र समूह र कुलहरू बीच पनि झडपहरू भइरहेका छन्, जसमा कतिपयलाई इजरायली समर्थन रहेको आरोप लागेको छ ।

दुई वर्ष लामो युद्ध र बन्धक पीडापछि युद्धविरामले केही राहत ल्याएको छ । गाजाका बम विस्फोट रोकिएका छन्, तर पुनर्निर्माण कठिन छ ।

ट्रम्पको २०–बुँदे गाजा योजना अनुसार आगामी चरणहरूमा हमासको निःशस्त्रीकरण, नेताहरूलाई माफीको प्रस्ताव र युद्धपछिको शासन संरचना स्थापना गरिनेछ । साथै, दक्षिणी गाजाको रफाह क्रसिङ पुनः खोल्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ ।

इजरायली विदेशमन्त्री गिडोन सारले नेपल्समा क्रसिङ खुल्ने तयारी भइरहेकाले यो आइतबारसम्म सञ्चालनमा आउने अपेक्षा रहेको बताए । तर इजरायलले यसलाई मानवीय सहायता नभई मानिस आवागमनका लागि मात्र खोलिने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धले गाजामा गम्भीर मानवीय सङ्कट निम्त्याएको छ । अगस्टमा ‘अनिकाल’ घोषणा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले चेतावनी सङ्क्रामक रोगहरू नियन्त्रण बाहिर फैलिरहेको चेतावनी दिएको छ ।

हाल गाजाका ३६ मध्ये १३ वटा अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा छन् । “मेनिन्जाइटिसदेखि झाडापखाला र श्वासप्रश्वासजन्य रोगसम्म सबै रोग तीव्र फैलिँदैछन्”, संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायकी क्षेत्रीय निर्देशक हनान बाल्खीले कायरोमा भने ।

यसैबीच जीवित बन्धकहरूको परिवारहरू आफ्नो प्रियजनको सुरक्षित फिर्तीमा खुशी व्यक्त गरिरहेका छन् । “मेरा छोराहरू अब घरमा छन्”, पूर्व बन्धक सिल्भिया कुनियोले आँसु झार्दै भने ।

इजरायलले हालै ३० प्यालेस्टिनीको शव गाजालाई फिर्ता गरेको छ । सम्झौताअनुसार प्रत्येक मृत इजरायलीका सट्टा १५ प्यालेस्टिनीको शव फिर्ता गरिनुपर्नेछ ।

तर गाजाका बासिन्दाहरूका लागि युद्धपछि पुनःस्थापनाको बाटो अझै कठिन छ । “यहाँ पानी छैन, खाना छैन, जीवनका आधारभूत वस्तुहरू छैनन्”, गाजा सहर फर्किएका मुस्तफा महरमले भने, “हामीसँग बाँकी रहेको सबै केवल भग्नावशेष हो ।”

यो पनि पढ्नुहोस्

स्पेनमा घातक रेल दुर्घटनामा रेल चालकको मृत्यु

स्पेनमा घातक रेल दुर्घटनामा रेल चालकको मृत्यु

२३ घण्टा अगाडि
ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक