शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बजारलाई अनुगमनलाई तीव्रता बनाउँदै कामनपा

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
बजारलाई अनुगमनलाई तीव्रता बनाउँदै कामनपा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चाडपर्व नजिकिएसँगै  काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन थालेको हो ।

नयाँबानेश्वर क्षेत्रमा रहेका साना होटल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको कामपाले जनाएको छ ।

काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमानुसार आउन निर्देशन दिइएको जनाउँदै अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने बताए । उनका अनुसार सानो लापरवाहीबाट विभिन्न रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीको कर्तव्य हो ।

प्रमुख न्यौपानेले भने, ‘महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैका लागि फाइदा हुन्छ ।’

कामपा खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले सशक्तीकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको छ ।

उनले भने, ‘हामी बजार कस्तो र कुन अवस्था छ भनेर बुझ्दैछौँ । व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्यांकन गर्दैछौँ । राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ त्यति गर्दा पनि अटेर गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।’

महानगरले मापदण्डविपरीत सञ्चालन भएका व्यवसायलाई खाद्य अनुज्ञापत्रमा तोकिएका वस्तु मात्र प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, मास्क–एप्रोन–पञ्जाजस्ता खाद्य स्वच्छता मानक पालना गर्न, फोहर व्यवस्थापनमा डस्टबिनको प्रयोग गर्न, व्यवसाय दर्ता समयमा नवीकरण गर्न र मापदण्डअनुसार व्यवसाय सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । साथै यथाशीघ्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

महानगरका अनुसार अनुगमनको उद्देश्य व्यवसायीलाई डर देखाउने नभई व्यवसायीलाई स्वच्छ, जिम्मेवार र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने हो । यति गर्दा पनि लापरवाही गरेमा कानुनअनुसार कारबाही हुने महानगरले जनाएको छ ।

व्यवसायीको सानो गल्तीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने भएकाले व्यवसायीले थप जिम्मेवार भएर कानुनअनुसार सेवालाई प्रभावकारी रूपमा प्रदान गर्नुपर्नेमा कामपाले जोड दिएको छ ।

यो पनि पढ्नुहोस्

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

१ घण्टा अगाडि
राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

कांग्रेसकाे सभापतिमा गगन थापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक