सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने जनाएकी छन् ।

तीन दिनदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै तिम्सेनाले एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन नमिल्ने जनाएकी छन् ।

’कमरेडहरु, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदौ २४ गते। त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। एक व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन’, उनले भनिन्, ‘एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।’

तिमल्सेनाले अहिले नेतृत्व सफल भइरहेको भए को चाहिँ असफल भएको भनेर प्रश्नसमेत गरेकी छन्। उनले दुर्गा प्रसाईं जस्ता अराजक मान्छेहरूलाई पार्टीमा प्रवेश गराएर अझै पार्टी विनाशतिर लगिएको उल्लेख गरिन् ।

१० बुँदामा आफ्नो धारणा राख्दै उनले नेतृत्वलाई जिम्मेवार निर्णय लिएर पन्छिनका लागि आग्रह गरेको छन्।

– विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। उसो भए अहिले असफल भएको चाहिँ को हो ? अस्ति भर्खर स- साना नानीहरूको कत्लेआम भयो। खर्बौँको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेडरू ?

– यतिखेर हामी कुन कन्स्पिरेसीको कुरा गरिरहेका छौँ? कुन-कुन वैदेशिक निकायहरू हुन् एमालेविरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ?

– कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्‍यायो ? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता- कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍यौं ? एक पल्ट सम्झिऊँ , नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो ।

– एक पल्ट यो पनि सम्झिऊँ सूर्य  चिन्हमा चुनाव को को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता  चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ?

– तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्र्याउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसबारे यहाँ कसैले कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?

– २०७९ को निर्वाचनपछि सक्किने की सच्चिने भन्ने बहस चर्चामा थियो । अस्ति भदौ २३-२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो जेन-जी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले  बिदा लेऊ भन्ने तनै हो।  त्यसलाई अनदेखा गर्न अब सकिन्न ।

– हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरू भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली।

–  देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई ट्रयाक (बाटो)मा ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ।  यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन । अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरने छ।

– अन्यथा नलिनु होला ( मीनबहादुर गुरुङको सम्पत्तीमाथि हमला भयो,  क्षति भयो, त्यसैले सहयोग गर्ने निर्णय गरौँ ।

– कमरेडहरू, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदौ २४) त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। एक जना व्यक्तिको महत्त्वाकांक्षाका लागि सिङ्गो पार्टीको विकास र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।

यो पनि पढ्नुहोस्

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्ने

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्ने

६ घण्टा अगाडि
काठमाडौंका १० वटै क्षेत्रमा नेकपाकाे उम्मेदवारी टुंगो

काठमाडौंका १० वटै क्षेत्रमा नेकपाकाे उम्मेदवारी टुंगो

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक